search

spot_img
spot_img

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

पढ्न छुटाउनुभयो ?

२४ वैशाख, जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो ।

शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।  घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७८ सालमा धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर