search

लिखित प्रतिबद्धता जनाएपछि प्रादेशिक अस्पताल जनकपुरको विजुली जोडियो

पढ्न छुटाउनुभयो ?

२४ वैशाख, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको विजुली एक घण्टापछि जोडिएको छ । विद्युत महसुस १ करोड २० लाख रुपैयाँ बाँकी नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले आज दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिनाभित्र समाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता गरेपछि लाइन जोडेको प्राधिकरणका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए ।

प्रतिष्ठान अन्तर्गत रहेको अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । तिर्न पटक पटक मौखिक, लिखित पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले आज लाइन नै काटेको थियो।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads