search

spot_img
spot_img

गौशाला जग्गा विवादः उच्च अदालतको अन्तरिम आदेश

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २८ वैशाख/
वीरगंज–जीतपुर गौशाला अन्तर्गतको जीतपुर गौशालाको जग्गामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले जग्गाधनीको हकमा प्रारम्भिक आदेश दिंदै अन्तरिम आदेश जारी गरेको बताइएको छ । न्यायाधीश सीताराम मण्डलको इजलासले वैशाख २५ गते अन्तरिम आदेश जारी गरेको वीरगंज–जीतपुर गौशालाका अध्यक्ष्F वीरेन्द्रकुमार सङ्घईले जानकारी गराए ।
वीरगंजमा पत्रकार सम्मेलन गरी वीरगंज–जीतपुर गौशालाका पदाधिकारीहरूले सो कुराको जानकारी गराएका हुन् । अदालतले बाटोको म्यादबाहेक जीतपुरसिमरा उपमहानगरपालिकालाई छलफलको लागि १५ दिनको म्याद दिएको छ । अन्तरिम आदेशमा ‘निवेदकको माग अनुसार आदेश जारी हुनुनपर्ने कुनै आधार र कारण भए सोको प्रमाण साथै राखी सूचना पाएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्ष्Fीहरूले आफैं वा आप्mनो कानूनबमोजिमको प्रतिनिधिमार्पmत लिखित जवाफ पेश गर्न’ भनिएको छ ।
जीतपुरसिमरा उपमनपा–७, साबिक वडा नं ३ को कित्ता नं १ को चार कट्ठा १७ धुर, कित्ता नं २ को पाँच कट्ठा सवा छ धुर एवं सोही वडाको १४१ कित्ताको तीन कट्ठा एक धुर गरी करीब १३ कट्ठा सवा चार धुर जग्गामा निर्माण भएको घर तथा पसलमा जीतपुरसिमरा उमनपाले डोजर लगाएर गत वैशाख १७ गते भत्काएको थियो ।
जीतपुरसिमरा उमनपाको सहयोगमा वडा नं ७ का अध्यक्ष्F सुनीलकुमार गुप्ताको समूहले जग्गा खाली गराउन डोजर लगाएर संरचना भत्काएको थियो । गौशालाको जग्गामा निर्माण गरिएका संरचना उमनपाबाट नक्शापास नगराइ निर्माण गरिएकाले भत्काइएको नगरप्रमुख राजन पौडेलले स्पष्ट पारेका छन् ।
उक्त जग्गामा निर्माण गरिएका संरचनाको नक्शापासको लागि हामीहरू प्रक्रियामा रहेकामा दुई दिनभित्र संरचना भत्काउने सूचना जारी गर्दै गौशालाको संरचना भत्काइएकोमा ध्यानाकर्षण भएको वीरगंज–जीतपुर गौशालाका सहसचिव सञ्जय खण्डेलवालले बताए ।
पत्रकार सम्मेलनमा सहसचिव खण्डेलवालले भने, “हामी चिन्तित छौं । शुक्रवार सूचना आयो, आइतवार डोजर लगाइयो । यसरी गैरकानूनीरूपमा निजी जग्गाको सम्पत्ति क्षति गर्न पाइँदैन ।” उनले भत्काइएको संरचना पुनर्निर्माण गर्न माग गरे ।
वीरगंज–जीतपुर गौशाला मातहत वीरगंजको घडीअर्वा, रामगढवा, रानीघाट र जीतपुर बजारको पूर्व र पश्चिम राजमार्गसँग टाँसिएको जग्गा रहेका छन् । जीतपुरकै करीब दुई बिघा जग्गा आजको मूल्य अनुसार करोडौं मूल्यबराबरको रहेकामा सो जग्गा कब्जामा लिइसकेपछि स्वार्थसिद्ध गर्न सकिने अभिप्रायले डोजर चलाइएको भनेर टिप्पणी भइरहेको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads