search

spot_img
spot_img

‘मातृभाषा में शिक्षा के सन्दर्भ–भोजपुरी में पठन पाठन” गोष्ठी, भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर– नगरप्रमुख

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ वैशाख/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर रहने बताएका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजना र भाषा आयोगको सहकार्यमा बिहीवार क्लासिक होटेलमा ‘मातृभाषा में शिक्षा के सन्दर्भः भोजपुरी में पठनपाठन’ गोष्ठीमा बोल्दै उनले भोजपुरी भाषाको सम्बद्र्धन र संरक्षणमा सदैव तत्पर रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोग नेपालका अध्यक्ष डा गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा सञ्चालन गरे सिकाई प्रक्रिया सहज हुने बताए । उनले स्थानीय भाषामा पठनपाठन लागू गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका सहभागीहरूलाई अध्यक्ष डा ठाकुरले नेपालमा विभिन्न भाषाको इतिहासबारेमा प्रकाश पारेका थिए ।
वीरगंज मनपा शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्न उसको मातृभाषालाई समाप्त गरे पुग्ने बताए । उनले आआप्mनो मातृभाषाको संरक्षणमा सबै गम्भीरताको साथ लाग्नुपर्ने धारणा राखे । भाषा आयोगका सदस्य गोपाल अश्कले मातृभाषामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौं महानगरपालिकामा मातृभाषाका ११५ जना शिक्षक दरबन्दी कायम गरिएको बताउँदै यस्तो हामीले पनि गर्न सके भोजपुरी भाषाप्रतिको आकर्षण बढ्ने बताए ।
नगरप्रमुख सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भाषाविद् डा विश्वम्भर शर्मा, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियङ्का पाण्डे, ललितकला केन्द्रका सदस्य अजमत अली, सलमा खातुन, ओमप्रकाश सर्राफ, तबरेज अहमद, ईश्वरचन्द्र यादव, विनोद मेहता, धु्रवसिंह ठकुरी, अनिता साह, ऋतुराज पटेललगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads