search

वडा नं. ८ का वडाध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुले निःशुल्क भिडियो एक्सरे सेवा पाउने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ वैशाख । वीरगंज महानगरपालिका वडा नं. ८ का अध्यक्ष रितेश गुप्ताले आफनो वडाका गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे गराउन पहल गरेका छन् । आज वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा वडाध्यक्ष रितेश गुप्ता, वडासचिव राजकुमार गुप्ता, प्रभु हस्पिटलका सञ्चालक डा मनोज कुमार गुप्ता र डा लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र अनुसार वडाको सिफारिसको आधारमा वडाका गर्भवती महिलाहरूलाई प्रति बिरामी ५९० रूपैंयाको दरले भिडियो एक्सरे गराउने र सोको यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने उल्लेख गरिएको छ । यस कार्यको लागि वडा कार्यालयले २ लाख रूपैंया बजेट छुटयाएको वडाध्यक्ष गुप्ताले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads