एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
मुख्यमन्त्री सरोजकुमार यादव १ जेठ, जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो । सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिए । […]
आगलागीमा एकै परिवारका चारजना घाइते

बारा, १ जेठ । आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन । घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएका हुन् । उनीहरूको नारायणी अस्पताल, वीरगंजमा उपचार […]
भ्रष्टाचारीलाई कारबाई गर्नुपर्छ– नेपाल

वीरगंज, १ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाई गर्न सरकारले अन्तिम समय सम्म खुट्टा कमाउन नहुने कुरा बताउनु भएको हो । पर्साको वीरगंजमा समाजवादी प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलमा संचारकर्मीहरूसंग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । भ्रष्टाचारीहरूलाई कारबाई गर्ने […]
रौतहटमा दुर्घटनामा, एकजनाको मृत्यु

रौतहट, १ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गत राति ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको […]
कलैयाबाट काठमाडौं जाने बस दुर्घटना, ३१ जना घाइते

चितवन, १ जेठ/ पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्पm आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको […]
चिकित्सकको परामर्श शुल्क आजदेखि १४ प्रतिशतले बढ्यो

काठमाडौं, १ जेठ/ नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङघले चिकित्सको परामर्श शुल्क दुर्ई वर्षपछि बढाएको हो । […]
सरकारको आम्दानीभन्दा खर्च बढी
काठमाडौँ, १ जेठ सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनुदान प्राप्ति भने रू […]
जनकपुर उपमहानगर : फोहोर व्यवस्थापनमा सुधार, छैन दिगो योजना
१ जेठ, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको सबैभन्दा ठूलो समस्या हो फोहोर व्यवस्थापन । उपमहानगर सडक र गल्लीका छेउछाउ जताततै फोहोरको डंगुर छ । गत वर्ष वैशाखमा स्थानीय चुनावमा सबैजसो उम्मेदवारले फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह सुडीको पनि प्रमुख चुनावी एजेण्डा फोहोर व्यवस्थापन […]