search

spot_img
spot_img

रौतहटमा दुर्घटनामा, एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

रौतहट, १ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गत राति ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । मृतक यादवको शव चन्द्रपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ भने ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads