search

लालपर्सामा एसइई उत्तीर्ण १६ जना छात्राहरुलाई कम्प्युटर वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर ३० मा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्रालाई कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले बताएका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय लालपर्सामा आयोजित एक कार्यक्रमबीच छात्रालाई १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले बताए । वडाध्यक्ष यादवले आफ्नो चुनावी घोषणापत्रअनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रदान गरिएको बताए ।
वडाध्यक्ष यादवले स्कुलमा कम्प्युटर कक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको गाउँँ कम्प्युटर नहुँदा पढाइ प्रभावित भइरहेको हुन्छ । ११ कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नयाँ छात्राहरूलाई पनि पढाइप्रति हौसला बढ्छ,’ उनले भने ।
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरूलाई असार मसान्तपछि डेस्कटप कम्प्युटर वितरण गर्ने बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads