अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दीका कारण श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित

वीरगन्ज, ३ जेठ ।

नेपालको पहिलो सुक्खा बन्दरगाह भन्सार कार्यालयको रूपमा चिनिने वीरगंज–२५ स्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी एवं नेपाल सरकारको मौद्रिक नीतिको कारण नेपालमा उद्योग व्यवसाय चौपट हुँदै गएको त्यस कारण आयात कम हुँदै गएको कारण राजस्व सङ्कलनमा नकारात्मक असर परि रहेको भन्सार कार्यालयका पदाधिकारीहरूले बताएका छन् ।

ड्राइपोर्ट भन्सार कार्यालयले चालु आवको १२ महिनामा ६७ अर्ब, ४३ करोड ८६ लाख ९५ हजार राजस्व सङ्कलन गर्नु पर्नेमा पछिल्लो १० महिनामा ३५ अर्ब २४ करोड ३ लाख १६ हजार अर्थात् कुल राजस्व लक्ष्यको जम्मा ५२.२६ प्रतिशत राजस्व सङ्कलन गरेको देखिन्छ ।

अर्थात् १२ महिनाको लक्ष्यको आधाको हाराहारीमा १० महिनामा राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी वैशाख सम्मको तथ्याङ्कलाई हेर्नेहो भने भन्सार कार्यालयले कुल लक्ष्यको जम्मा ६३.७४ प्रतिशत १० महिनामा राजस्व सङ्कलन भएको छ ।

चालु आवको गत साउनदेखि वैशाखसम्म १० महिनामा भन्सार कार्यालयको लक्ष्य ५५ अर्ब २९ करोड १० लाख ७ हजार रहेको थियो भने कार्यालयले मात्र ३५ अर्ब २४ करोड ३ लाख १६ हजार राजस्व असुल गरेको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी गराए ।

यसरी पछिल्लो १० महिनाको तथ्याङ्कलाई विश्लेषण गर्दा वैशाखसम्म मात्र कुल राजस्वको २० अर्ब ५ करोडको हाराहारीमा कम राजस्व सङ्कलन भएको हो । चालु आवको वैशाखमा मात्रै ५ अर्ब ८६ करोड ४४ लाख २५ हजार कुल राजस्व लक्ष्य रहेकोमा ५५.७५ अर्थात् ३ अर्ब २६ करोड ९२ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ ।

भन्सार अधिकारीको अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात हुने माल सामानमा भारी गिरावट हुँदै गएपछि राजस्व सङ्कलनमा कमी देखिएको छ । जस्तै इलेक्ट्रिक, इलेक्ट्रानिक्स, स्टीलका भाडाकुडा, रक्सी, रेडिमेड गार्मेन्टका कपडा, फलामजन्य औद्योगिक कच्चा पदार्थ, प्लास्टिकजन्य वस्तु, गेडागुडि, ड्राइप्रूmटलगायत सामानहरूको आयात निक्कै घटेको देखिनेछ ।

सम्बन्धित पोस्टहरुः