search

सिम्रौनगढका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

पढ्न छुटाउनुभयो ?

३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उक्त मुद्दामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ । अख्तियारले उनीहरुसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।

त्यस्तै अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads