search

मधेशका अर्थमन्त्री भन्छन् : प्रत्येक वडाका जनतालाई छुने बजेट ल्याउछौं

पढ्न छुटाउनुभयो ?

३ जेठ, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले जनअपेक्षा अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पूर्व नीति तथा कार्यक्रम एवं बजेट सम्बन्धी छलफलमा मन्त्री यादवले प्रत्येक वाडाका नागरिकले महसुस हुने गरी बजेट निर्माणको काम सुरु भइसकेको बताए ।

‘जनताका चाहना अनुसार बजेट ल्याउनु सरकारको दायित्व हो । त्यसैले आगामी आर्थिक वर्षको बजेट जनअपेक्षाकृत ल्याउँछौं’, उनले भने ‘प्रत्येक वडाका जनतालाई महसुस हुने गरी बजेट निर्माण सुरु भइसकेको छ ।’

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा पूरा गर्नु चुनौती रहेको मन्त्री यादवको भनाइ छ ।

कार्यक्रममा सहभागी सासंद र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुराहरु समेटिनु भन्दा पनि खर्च दर बढाउन सुझाव दिएका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads