search

spot_img
spot_img

अतिक्रमित जग्गा खाली गराउन खोज्दा पर्साको गर्दौलमा तनाव सिर्जना

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल वीरगंज, ३ जेठ ।

विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा तनावग्रस्त अवस्था सिर्जना भएको छ ।

गापा अध्यक्ष्F प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा गाउंलेहरुले नमान्दा तनावको अवस्था सिर्जना भएको हो ।

गर्दौलमा विद्यालयको जग्गा २ बिघा १५ धुर र गापाको ऐलानी जग्गा १ बिघा १ कट्ठा ८ धुर अतिक्रमणको चपेटामा परेको छ । सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकबाट ११ महीनाअघि निर्णय गर्दै सूचना पनि जारी गरेको थियो तर अतिक्रमण गरी घर बनाएका गाउँलेहरुले हालसम्म जग्गा खाली नगर्दा प्रशासनको सहयोग लिनुपरेको गापा अध्यक्ष्F तिवारीले बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म विभिन्न चरणमा छलफल भइरहेको र विद्यालयको पौने तीन कट्ठा जग्गा तत्काल खाली गराउने गापा र स्थानीय प्रहरीको निर्देशन रहेकोले आफूहरु फिल्डमा खटिएको बताए । अवस्था सामान्य नभए बल प्रयोग गर्ने सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।

विद्यालय र ऐलानी जग्गा अतिक्रमण गरेर घर बनाएका गाउंलेहरुले जुनसुकै अवस्थाको सामना गरेर प्रतिवादको तयारीमा रहेको गाउंलेहरुले बताएका छन् । वडा नं. २ का वडाध्यक्ष मुक्तिनारायण राउत कुर्मीले वडा कार्यालयले हाल जग्गा खाली नगराउने निर्णय गरिसकेको र समस्या समाधानको लागि वार्ताबाट टुंगो लगाउने अडानमा रहेको बताएका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर