search

वीरगंज–१७ अलौंको अतिक्रमित जग्गा खाली गराउन शुरु

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, ४ जेठ/’
वीरगंज–१७ अलौंमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन आजदेखि शुरु भएको छ । अलौंको मुंशीटोलमा रहेको साँघुरो सडकलाई साविकको नक्शा अनुसार अतिक्रमित जग्गा खाली गराई सडक र नालाको काम गराउन शुरु भएको हो । वीरगंज महानगरपालिकाको सहयोगमा वडा कार्यालय अलौंले डोजर लगाएर अतिक्रमित सडकको जग्गा र पोखरीको जग्गा खाली गराउन लागेको वडाध्यक्ष्F सञ्जीवबहादुर छतकुलीले बताए ।
आज बिहानदेखि अलौंको मुंशी टोलका ललन साह, सोनालाल पटेल, दरोगा पटेल, वीरबहादुरपटेल, गौरीशङ्कर यादव, पन्नालाल पटेललगायतको घर डोजर लगाएर भत्काइएको छ ।
उनीहरुले सार्वजनिक जग्गा मिचेका थिए । यसअघि, वडा कार्यालयले सडकको साविक लम्बाइ–चौडाइ निकाल्न महानगरपालिकाबाट अमिन खटाएर चिनो लगाएको थियो ।
त्यस्तै पोखरीको अतिक्रमित जग्गा खाली गर्न तीन दिनको अल्टिमेटम दिएको वडाध्यक्ष्F छतकुलीले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads