राधेश्याम पटेल, परवानीपुर, ४ जेठ/
निजी क्षेत्रको वकालत गर्ने वीरगंजमा अर्को सङ्गठन स्थापना भएको छ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगंज शाखाको स्थापना भएको हो ।
वीरगंजको होटल भिस्वामा आयोजित समारोहमा सङ्घको घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेश पूर्वमन्त्री ओमप्रकाश शर्माले निजी क्षेत्रको समस्या उठान एवं वीरगंजको अर्थतन्त्रलाई बलियो बनाउन एनआइसिसिआईको वीरगंजमा स्थापना हुनु राम्रो पक्ष भएको चर्चा गर्दै नेपाल–भारतको साझा समस्यालाई वकालत गर्नको लागि यो सङ्गठन आगामी दिनमा दत्तचित्त भएर काम गर्नुपर्ने सुझाव दिए ।
उनले नेपालको सबैभन्दा नजीकको साथी भनेको भारत भए तापनि कतिपय घटनामा भारतलाई असल मित्र नठान्ने परिपाटीले पनि समस्या उत्पन्न हुने भएकोले विगतको परम्परालाई पनि कायम राख्नको लागि दुवै देशबीच आपसी सदभाव र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले वीरगंजमा लगानी भिœयाउन एवं भारतीय पर्यटक बढाउनको लागि वीरगंजमा आयोजना भएको रात्रिबजार र वीरगंजको सरसफाइको प्रशंसा गर्दै भारतीय पर्यटकको लागि भारू दुई सय र पाँच सय सहज उपलब्धता वा भारतबाट लिएर आउने नीति नियम नेपाल सरकारले बनाए वीरगंजमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने जोड दिए ।
















