search

spot_img
spot_img

मेयर राजेशमानको एका विहानै सरकारी स्कूलको अनुगमनः श्रीपुर माविका २४ जना शिक्षकलाई कारबाही

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् । विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरुप महानरपालिकाले स्पष्टिकरण सोधेको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको महानगर मातहतको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए । विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टिकरण माग गरिएको उनले प्रष्ट पारे ।
महानगरप्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथासिघ्र पूरा गर्ने गरी आफूहरु लागेको बताए । यस्तै महानगर प्रमुख सिंहले आइतबार बिहान वडा नम्वर १४ पिपरामा रहेको नृसिंह माद्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए । दुबै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अग्रेजी माद्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उनले बताए । यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उनले बताए । अनुगमनमा महानगर प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads