मधेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी

९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

समाजवादीले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ ।

नेपाली कांग्रेस भने आजै दुई मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ ।

 

सम्बन्धित पोस्टहरुः