परवानीपुर, ९ जेठ/
नेपाल शिक्षक महासङ्घ पर्साले आन्दोलनलाई जारी राखेको छ । वीरगंज महानगरपालिका अगाडि सम्पन्न दुई दिनको धर्ना कार्यक्रमको अन्तिम दिन मङ्गलवार थप दिनको सङ्घर्षको कार्यक्रम घोषणा गरिएको शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थ राज यादवले बताए । जेठ १० गते ६–७ घण्टी, जेठ ११ गते टिफिनपछिका सबै घण्टी, जेठ १२ गते हाजिर गरेर सबै घण्टी बहिष्कार गर्ने कार्यक्रम घोषणा गरेको उनले बताए । त्यसपछि पनि माग सम्बोधनको लागि सरोकारवालाको निकायले चासो नदिए भने जेठ १३ गते जिल्ला भरिको शिक्षक भेला गरि थप कार्यक्रम घोषणा गरिने तयारी रहेको बताए ।















