नगवाको वर्मा दम्पत्तिको लागि मेलमिलापको आदेश

परवानीपुर, १० जेठ/

वीरगंज–१६ नगवाको चर्चित वर्मा दम्पत्ति विवाद मुद्दामा मेलमिलापको लागि अदालतले आदेश गरेको छ ।

वैशाख ३१ गते पर्सा जिल्ला अदालतले जेठ १ गतेदेखि ३० दिन म्याद राख्दै दुवै पक्षबीच अंश मुद्दामा मिलापत्रको लागि आदेश गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

वीरगंज–५ कुम्हाल टोलकी अलिसा श्रीवास्तवको रौतहट गौर नपा–१३ स्थायी घर भई हाल वीरगंज–१६ नगवा बस्ने विशाल वर्माबीच चार वर्षदेखि विवाद चुलिएको हो ।

विशाल अहिले अमेरिकामा बसोवास गर्छन् । बिहेको चार दिनपछि अमेरिका गएका विशालकी श्रीमति अलिसा घर परिवार विहीन भएपछि कानुनी लडाइँ लड्न पर्सा जिल्ला अदालतमा विशालकी आमा रेणुप्रसाद श्रीवास्तव, पति विशाल वर्मालगायतमाथि अंश, सम्बन्ध विच्छेद, माना चामललगायत पाँच वटा मुद्दा लड्दै छिन् ।

पतिपत्नीबीच विवाद बढ्दा दुबैबीच सम्बन्ध बिग्रिंदै गएकोले दुवै पक्ष कानुनी लडाइँ लडी रहेको बताइएको छ । अदालतको अन्तिम आदेश दुवै पक्षलाई मान्य हुने बताइएको छ ।

सम्बन्धित पोस्टहरुः