search

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, १० जेठ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ । अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो ।
गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि बनेका संरचना हटाएको हो ।
मनियारीमा ४ वटा पक्की घर र ३ वटा टहरा भत्काएर बाटो निर्माणमा भइरहेको अवरोध हटाइएको हो ।
संरचना हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पराजुली, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोलीसहित डोजर परिचालन भएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads