search

spot_img
spot_img

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, १२ जेठ/ वीरगंज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसमा प्रहरीले छापा मारी होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक जीराभवानी गाउँपालिका–१ निवासी विनोद मुखियासहित दुर्ई भारतीय कमलेश कुमार र सतिश कुमार र पाँचजना युवती रहेको जिप्रका, पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। पक्राउ परेका आठै जनालाई अभद्र ब्यवहार मुदामा प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको गिरीले बताए ।
यौनधन्दा चलाएको उजूरीको आधारमा उनीहरुलाई बिहीवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोत अनुसार होटल सञ्चालक मुखियाले कोठा भाडामा लिन आउने ग्राहकलाई आफूसँग केटिपनि उपलब्ध रहेको बताउने गरेका थिए । त्यसपछि ग्राहकलाई ह्वाट्सएप र भाइबर मार्पmत उनले केटीको फोटो पठाउँथे, ग्राहकले मनपाएको केटीलाई आफ्नै होटलमा बोलाएर यौन धन्दा सञ्चालन गर्थे ।
मुखियाले होटलमा लामो समयदेखि यौन धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । त्यसो नगर्न चेतवानी दिँदापनि नमानेपछि प्रहरीलाई जानकारी गराइएको उनीहरूको भनाई छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा...
- Advertisement -spot_img

सम्बन्धित खबर