search

spot_img
spot_img

बहिरा बालबालिकाको लागि बसको व्यवस्था गरिने– मेयर सिंह

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ जेठ । नगरप्रमुख राजेशमान सिंहले बहिरा बालबालिकाको उज्ज्वल भविष्यको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।
मङ्गलवारदेखि वीरगंजमा शुरू भएको सरोकारवालाहरूका लागि १० दिने आधारभूत सांकेतिक भाषा तालिमको उदघाटन गर्दै उनले बहिरा विद्यार्थीका लागि बसको व्यवस्था मिलाउने बताए । बहिरा विद्यार्थीहरूको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताएका हुन् ।
वीरगंज महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उनले उनीहरूको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताए । अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्काे स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उनले बहिराहरूको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि बताए।
तालिममा १५ जना महिला पुरूषको सहभागीता छ । पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतिŒवमा सम्पन्न उदघाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गरेकी थिइन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads