ऐनहरुमा रहेको प्रदेश २ को सट्टामा मधेश प्रदेश प्रयोग हुने

१९ जेठ, जनकपुरधाम । मधेश सरकारले ऐनहरुमा उल्लेख प्रदेश नं. २ शब्द संशोधन गर्न प्रक्रिया थालेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विचार गरियो भन्दै उक्त विधेयक छलफलका लागि प्रदेशसभामा पेश गरेका थिए । छलफल पश्चात सो विधेयक प्रदेशसभा बैठकबाट स्वीकृत भएको […]

वीरगञ्ज महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने तयारी गर्दै

वीरगञ्ज १९ जेठ । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् । वीरगञ्ज महानगरपालिकाको पहलमा बिहीबार तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान […]

वीरगञ्ज २१ मा वडा कार्यालय निर्माणको काम सुरु, सांसद यादब र मेयर सिंहले गरे शिलान्यास

वीरगञ्ज, १९ जेठ वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा निर्माण हुने वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र विरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गर्दै वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र […]

वीरगंजलाई झस्काउने ऋषिकेशको एउटा दुर्घटना,दुईजनाको निधन,दुई गम्भीर

राधेश्याम पटेल वीरगंज १९ जेठ । भारत,उत्तराखण्डमा भएको एउटा सवारी दुर्घटनाको खबरले अहिले वीरगंजलाई स्तब्ध बनाउनुको साथै झस्काएको छ । घटना हो, ऋषिकेश दर्शन गर्न जाँदै गरेको वीरगंजको युवकको बोलेरो दुर्घटनामा पर्नू ।उक्त घटनामा परी भारतीय चालकसहित वीरगंजका एक युवक गरी दुई जनाको मृत्यु भइसकेको छ भने अर्का दुई जना युवक गम्भीर अवस्थामा उपचार गराइरहेका […]

वीरगंज भन्सारबाट चालु आवको १० महिनामा लक्ष्यभन्दा ८५ अर्ब कम असुली, धेरै के भित्रिए?

२०८० जेठ १९ गते वीरगंज। मुलुककै प्रमुख भन्सार वीरगंज भन्सारको राजस्व असुली चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा लक्ष्यभन्दा ८५ अर्ब कम देखिएको छ। वीरगंज भन्सारले चालु आवको साउनदेखि वैशाख मसान्तसम्म लक्ष्यको ५९.९५ प्रतिशत राजस्व मात्रै असुली गरेको छ। अर्थात वीरगंज भन्सारले चालू आवको पछिल्लो १० महिनामा २ खर्ब १४ अर्ब १५ करोड ९० […]