मानमत–मटिअर्वा सडकखण्डको कलैयामा पिच नगर्ने ठेकेदारको ठेक्का तोडिने,स्थानीयको चक्काजाम

राधेश्याम पटेल वीरगंज बाराको सदरमुकाम कलैयाबाट पिलुवा जाने सडकखण्डलाई मानमत–मटिअर्वा सडकखण्ड भनिन्छ । सोही सडकखण्ड अन्तर्गत कलैयाको भरतचोकदेखि अवधापुर टोल सम्म २.९ किलोमिटरको सडक अहिले पनि ग्राभेल अवस्थामा अर्थात कालोपत्रे भएको छैन । उक्त सडकको पटकपटक ठेक्का लागे तापनि पिच नभएपछि सो क्षेत्रका जनताहरु आजित भएका छन् । प्रचण्ड गर्मीको बेवास्ता गर्दै स्थानीयहरुले सो सडकखण्डमा […]
निजगढमा तस्करले मारे चित्तल

बारा, २१ जेठ । बाराको निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वनमा वन्यजन्तु तस्करहरूले वयस्क पोथी चित्तल मारेका छन् । शनिवार राति करिब साढे ११ बजे जंगलमा बन्दुक पड्किएको आवाज आएको र गस्तीको क्रममा वयस्क पोथी चित्तल मृत फेला परेको सब डिभिजन वन कार्यालय निजगढले जनाएको छ । सब डिभिजन वन कार्यालय निजगढका जम्दार टीका मगरले […]
बहुदरमाईमा चारवटा फुसको घरगोठमा आगलागी

वीरगंज, २१ जेठ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आगलागी हुँदा चार वटा फुसको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,पर्साका प्रवक्ता एवं डिएसपी दीपक गिरीले बताउनुभएको छ । छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज बिहान ७ः०० बजे अचानक आगलागी हुँदा स्थानीय छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ […]
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

वीरगंज, २१ जेठ । आइतवार सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वाेच्चको आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता विधेयक कार्यान्वयनमा तत्कालका लागि रोक लागेको छ । गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले […]
संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको […]
अक्षरधाम मन्दिर बनाउन सन्तहरूलाई मेयर सिंहको आग्रह

वीरगंज, २१ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा स्वामिनारायण अक्षरधाम मन्दिर निर्माण गर्न स्वामिनारायण अक्षरधाम ट्रष्टलाई अनुरोध गर्नु भएको छ । स्वामिनारायण अक्षरधाम गुजरात र कोलकाताबाट वीरगंज आइपुग्नु भएका सन्तहरूलाई स्वागत गर्नुहुँदै महानगर प्रमुख सिंहले वीरगंजमा पनि भव्य अक्षरधाम निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । स्वामिनारायण वीरगंजको बाटो हुँदै मुक्तिनाथमा ६ महिना ध्यान […]
मधेसका तीन जिल्लामा सोमवारदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

वीरगंज, २१ जेठ । नयाँ नागरिकता ऐनअनुसार पर्सा, बारा र रौतहटमा नागरिकता वितरण हुने बताइएको छ । आइतवारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि पर्सा, बारा र रौतहतमा सोमवारदेखि मात्रै नागरिकता वितरण गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमवारबाट नागरिकता वितरण […]
रोयल इन्फिल्डको एसेम्बली प्लान्ट तयार

परवानीपुर, २१ जेठ/ रोयल इन्फिल्डको नयाँ बिक्रेता त्रिवेणी गु्रपले एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ । वीरगंजमा १ लाख वर्गफिटमा फैलिएको आधुनिक प्रविधियुक्त एसेम्ब्ली प्लान्ट तयार पारिएको त्रिवेणी गु्रपले जनाएको छ । कम्पनीका अनुसार उक्त प्लान्ट रोयल इन्फिल्डका वार्षिक २० हजार युनिट बाइक उत्पादन गर्न सकिने क्षमताको छ । यस प्लान्टमा कम्पनीले टेष्टिड्ढो लागि जुनजुन आवश्यक […]
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौँ, २१ जेठ नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव […]
१६ वर्षपछि गौर हत्याकाण्डविरूद्ध सर्वाेच्चमा मुद्दा दर्ता

रौतहट, २१ जेठ । रौतहटको गौर हत्याकाण्ड विरूद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतवार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते सोमवारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना […]