search

spot_img
spot_img

प्रेस लेखिएको गाडीबाट रजनीगन्धाको तस्करी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ जेठ/ राजस्व छली गरेर ल्याएको सामानसहित दुर्ई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका–२६ चिवहालबाट पक्राउ गरेको समाचार छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालि–१४ डुमरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत, बिहार, मोतिहारी छतौनीका सचिनकुमार चौरासियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीको अगाडि सीसामा प्रेस लेखिएको स्टिकर टाँसिएको रम्याद सकिएको प्रेसको परिचयपत्र भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुटखाहरू, कत्था गरी २० लाख मूल्य बराबरको सामान भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजना केही महीनादेखि पर्साको प्रसौनीभाठा नाकाबाट रजनीगन्धा लगायत सामानको तस्करीमा सक्रिय रहेको स्थानीयले बताएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads