search

spot_img
spot_img

सौतेला बुवाद्वारा छोरीको पटकपटक बलात्कारःविदेश गएपछि घटना सर्वजनिक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस,वीरगंज,२२ जेठ÷
वीरगंजमा तीन वर्षदेखी नाबालिक छोरीको पटक–पटक बलत्कार गरेको घटना बाहिरीएको छ । वीरगंज महानगरपालिका–३ छपकैया निवासी १५ वर्षिय नाबालिक छोरीलाई पटक–पटक जबरजस्ति करणी गरेको घटना सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आएको जनाइएको छ । नाबालिकाकी आमाले श्रीमानले आफ्नी छोरीलाई ११ वर्षको उमेर देखी नै निरन्तर बलत्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिए पछि अहिले घटना प्रकाशमा आएको हो । बालिकाकी आमाले आफू श्रीमान संग छुटेर बाहिर बसेको मौका छोपि आफ्नो दोस्रो श्रीमानले ०७७ साल बैशाख देखी नै छोरीको निरन्तर बलत्कार गरिरहेको उजुरीमा उल्लेख छ ।

पिडित बालिकाका सौतेला बुवा यहि वैशाखमा वैदेशिक रोजगारीमा गएपछि छोरीले घटनाको बारेमा जानकारी गराएपछि पिडितकी आमा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ्डिएसपी दीपक गिरीले जानकारी दिए ।
‘पहिलो श्रीमानसंग डिभोर्स भएपछि पीडित बालिकाकी आमाले दुई सन्तान लिएर एक जना विवाहित पुरुषसंग विवाह गरेकी थिइन,‘ डिएसपि गिरीले भने,‘ केहि समय दोस्रो श्रीमानसंग बसेपछि फेरी दुवै बिच मनमुटाव भयो पछि जेठि छोरी(बलात्कारको पीडित) लाई दोस्रो श्रीमानकै घरमा राखेर उनी उक्त घरबाट निस्किइन ।’

विवाहित पुरुषको जेठी श्रीमतिसंग पीडित बालिकाको आमाको अनबन भएपछि उनी जेठी छोरीलाइ छपकैया घरमै छोडी बाहिर डेरा गरि गुजारा गर्न थालिन । सोहि समयको मौका छोपि सौतेला बुवाले निरन्तर ११ वर्षको उमेर देखी नाबालिक छोरीको पटक पटक बलत्कार गरिरहेका थिए । पिडित बालिकाकी आमाका अनुसार उनले आफ्नी छोरीलाइ लिएर जान चाहे पनि आरोपितले आउन नदिएपछि उनी घर छोडी निस्केकी थिइन्,‘डिएसपि गिरीले भने । अहिले अभियुक्त विदेश गएपछि आमा छोरी सम्पर्कमा आएपछि घटना बाहिरिएको हो ।

पिडित र अभियुक्त दुवै मुस्लिम समुदायका हुन् । पीडित बालिका अहिले आफ्नी आमाको साथमा रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको बारेमा अनुसन्धान शुरु गरिसकेको र अभियुक्त अहिले बाहिर रहेकाले आवश्यक कानुनी प्रकृयामा लागेको डिएसपि गिरीले बताए । अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा अभियुक्तलाइ पक्राउ गर्ने प्रक्रिया अगाडी बढाउने उनले बताए । अहिले पिडित नाबालिककालाइ मेडिकल जाचँको लागी पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads