search

विश्व पर्यावरण दिवसःसूर्य नेपालले १ करोड ८० लाख खर्चमा जितपुरसिमरालाई हराभरा बनाउदै

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज,२२ जेठ÷
नेपाललाई हरेक वर्ष कर तिर्नेमा उत्कृष्ट मध्येको एक सूर्य नेपालले बाराको जितपुरसिमरा क्षेत्रलाई हाराभरा बनाउने अभियानमा लागेको छ । कम्पनीले वीरगंज–पथलैया सडकखण्डको सिमरादेखि जितपुर सम्म करिब ५ किलोमिटर लम्बाईमा करिब ४ हजार ७ सय फुल तथा विरुवा रोपेर सो क्षेत्रलाई हराभरा बनाउने अभियान थालेको जनाइएको छ । सूर्य नेपालले गत वर्ष सिमराको जगदम्बा स्टिलदेखि ललका पुल सम्म करिब ३ हजार विभिन्न प्रजातिको फुलको विरुवा रोपेको थियो भने यस वर्ष ललका पुलदेखि जितपुरको गढिमाई मन्दिर सम्म १७ सय ४६ विरुवा रोप्ने कार्य थालेको छ ।

विश्व वातावरणको दिवस पारी दोस्रो चरणको अभियानको उदघाटन गरेको कम्पनीले जनाएको छ । गतवर्षको पहिलो चरणमा ६० लाख र दोस्रो चरणको कार्यक्रममा करिब १ करोड २० लाख गरी कुल १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । कम्पनीले समाजिक उत्तरदायित्व शिर्षकको रकमबाट उक्त कार्य गरिरहेको कारखाना व्यवस्थापन पक्षले जनाएको छ । कम्पनीले दुई तीन वर्ष सम्म विरुवा एवं फुल रोपेर,रेखदेख,मलजल,फेन्सिङ एवं मरेको स्थानमा विरुवा पुनः रोप्ने कार्य गरिरहेको छ ।

विरुवा हुर्काएपछि जितपुरसिमरा उपमहानगरपालिकालाई जिम्मा लगाउने लक्ष्य रहेको छ । पहिलो चरणमा फुल र विरुवा रोपिएको छ भने दोस्रो चराण्मा १७ सय ४६ मध्ये २ सय विरुवा आजै रोपिएको कम्पनीका सुरक्षा प्रबन्धक यज्ञबहादुर आलेले जानकारी गराए । कारखाना व्यवस्थापक सुरेश काजी श्रेष्ठको अध्यक्षता एवं जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलेको प्रमुख आतिथ्यतामा भएको उदघाटन समारोहमा नेपाली सेनाको जितपुरगढिमाईस्थित २८ नम्बर बाहिनीका सहायक रथी सानुकाजी थापा,आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक राम,जितपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहान शर्मा,बारा–पर्सा औद्योगिक कोरिडोरका अध्यक्ष सन्जय साह,इप्रका सिमराका डिएसपी प्रदिप बहादुर क्षेत्री,जितपुर नगर उवा संघका संस्थापक घनश्याम गिरी,राजमार्ग ट्राफिक कार्यालय पथलैयाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads