छ लाख मूल्य बराबरको तस्करीको कपडा र चकलेट नियन्त्रण

वीरगंज, २३ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको छ लाख मूल्य बराबरको कपडा र चकलेट बरामद गरेको छ । सूचनाको आधारमा गएराति ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेट वीरगंज भित्राउदै गरेको अवस्थामा वडा […]

अघोषित लोडसेडिङ समस्या समस्या समाधान गर्न नगरप्रमुख सिंहको निर्देशन

वीरगंज, २३ जेठ । वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले मंगलवार नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेलाई विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देश गरेका छन् । वीरगंज र आसपासका क्षेत्रमा केही हप्तायतादेखि लगातार रूपमा भइरहेको अघोषित लोडसेडिङ र ट्रिपीड्ढो समस्याले जनजीवनमा पारेको असर नगरप्रमुख सिंहले बताए । दुर्ई हप्तायता अचाक्ली बढेको […]

मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाही, २३ जेठ सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात् जिल्लाभरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलङ्गवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेका प्रमुख जिल्ला […]

श्री एयरलाइन्सको जहाजको सिस्टम’ बिग्रिदा ५० माइल उडेपछि काठमाडौँ फर्कियो

काठमाडौँ, २३ जेठ काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ […]

मधेशमा ३ डिग्री सेल्सियस तापक्रम बढ्यो

बारा, २३ जेठ । मधेसमा गत वर्षको तुलनामा यस वर्ष तीन डिग्री सेल्सियसले गर्मी बढेको छ । नागरिक उडडयन कार्यालय सिमराका मौसम शाखाका सहायक मौसम विज्ञ लक्ष्मण प्रसाद न्यौपानेका अनुसार बारामा गत वर्षको तुलनामा ३ डिग्रीले तापक्रम बढेको बताएका छन् । यस वर्ष सिमरा आसपास अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने गत वर्ष […]