search

spot_img
spot_img

राजस्व सिमराद्वारा वैशाखसम्म १२ अर्ब असुली,१७९ जनाको खाता रोक्का ४२५० नयाँ करदाता थपिए

पढ्न छुटाउनुभयो ?

वीरगंज
देशभरिमा उत्कृष्ट पाँचौं नम्बरमा पर्ने आन्तरिक राजस्व कार्यालय, सिमरा बाराको राजस्व सड्ढलन पनि प्रभावित भएको छ । चालू आवको पछिल्लो १० महिनामा अर्थात वैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, सिमराले पाएको लक्ष्यको तुलनामा करीब १०.६३ प्रतिशत कम राजस्व सड्ढलन गरेको छ । कार्यालयले चालू आवको वैशाख मसान्तसम्म १३ अर्ब ० करोड ५५ लाख ७१ हजार राजस्व लक्ष्य पाएकोमा ८९.३७ प्रतिशत अर्थात् १२ अर्ब ३३ करोड ७९ लाख १ हजार मात्रै राजस्व सड्ढलन गरेको छ ।
जबकी सो कार्यालयले गतवर्ष सोही अवधीमा रु १० अर्ब ३१ करोड ८२ लाख ९९ हजार लक्ष्य पाएकोमा लक्ष्यको १०२.३१ प्रतिशत अर्थात् १० अर्ब ५५ करोड ७१ लाख ५७ हजार राजस्व सड्ढलन गरेको थियो ।
गत आवको १० महीनामा सड्ढलित राजस्वभन्दा १६ प्रतिशतले अर्थात् रु १ अर्ब ७८ करोड ७ लाख ६१ हजार बढी राजस्व सड्ढलन गरे तापनि चालू आवको राजस्व लक्ष्य नभेट्टाएको कार्यालयले जनाएको छ ।
गत आवभन्दा सरकारले दिएको लक्ष्य बढि आएको र आर्थिक तरलता बाराको पनि व्यवसायमा देखिएकोले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको कर अधिकृतहरुको विश्लेषण छ । कार्यालयले चालू आवको पछिल्लो १० महीनामा आयकरतर्पm ७१ करोड ४२ लाख ५९ हजार लक्ष्य लिएकोमा ६७.०४ प्रतिशत अर्थात् ४७ करोड ८ लाख २० हजार, घरबहाल करतर्पm २ करोड १२ लाख ४६ हजार लक्ष्य पाएकोमा ४१.५४ प्रतिशत अर्थात् ८ लाख २६ हजार, ब्याजकरतर्पm २ करोड ६४ लाख ६२ हजार लक्ष्य पाएकोमा ८४.०४ प्रतिशत अर्थात् दुई करोड २२ लाख ५० हजार राजस्व सड्ढलन भएको थियो ।

त्यसैगरी मूल्य अभिवृद्धि करतर्पm ७४ करोड २४ लाख ३६ हजार लक्ष्य पाएकोमा ७१.४० प्रतिशत अर्थात् ५३ करोड १ लाख २१ हजार, अन्तशुल्कतर्पm सबैभन्दा बढी ९ अर्ब ४३ करोड १६ लाख ३२ हजार लक्ष्य पाएकोमा ९.४२ प्रतिशत अर्थात् ८ अर्ब ४३ करोड ३९ लाख १७ हजार, स्वास्थ्य सेवा करतर्पm २ अर्ब ८६ करोड ९५ लाख १ हजार लक्ष्य पाएकोमा ९९.८१ प्रतिशत २ अर्ब ६ करोड ३९ लाख ८४ हजार गरी कुल १२ अर्ब ३३ करोड ७९ लाख १ हजार राजस्व सड्ढलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत मनीष मानन्धरले बताए ।

सूर्य नेपाल सिमरामा भएकोले आन्तरिक राजस्व कार्यालय बाराको ८० प्रतिशतभन्दा बढी राजस्व एउटै उद्योगबाट उठ्ने गरेको छ । त्यसैगरी कार्यालयका सूचना अधिकारी मानन्धरका अनुसार आयकर, मूअकर, अन्तःशुल्क बक्यौता राख्ने बारा र रौतहटका १७९ करदाताको बैंक खाता रोकेर कारबाई गरिएको जानकारी गराए । पटक–पटक ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि करदाताहरुको बैंक खाता रोक्का, एवं भन्सार आयात–निर्यात रोक्का गरिएको बताए । यसपश्चात् पनि बक्यौता कर नतिरे तीन पुस्ते, भित्र भएको घर जग्गा रोक्का प्रक्रिया अगाडि बढाउने आन्तरिक राजस्व कार्यालयको तयारी छ ।
यसैबीच गत साउनदेखि वैशाखसम्म ७८३ व्यावसायिक पान एवं ३४६७ व्यक्तिगत पान गरी कूल ४२५० जना नयाँ करदाता थपिएको आन्तरिक राजस्व कार्यालय, सिमरा बाराले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads