search

spot_img
spot_img

वीरगंज महानगरको अगामि बजेट घटने,तीन अर्बको बजेट आउदैं,चालूभन्दा १ अर्ब कम बजेट

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,वीरगंज
वीरगंज महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ मा बजेटको आकार घट्ने अनुमान गरिएको छ । असार १० गतेभित्र बजेट निर्माण गर्नुपर्ने भएकोले अहिले वीरगंज महानगरपालिकालाई बजेट बनाउने चटारो छ । जेठ १५ गते केन्द्र सरकार, जेठ मसान्तभित्र प्रदेश सरकार र असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने प्रावधान छ ।
सोही क्रममा अहिले वीरगंज महानगरपालिकाको टीम बजेट निर्माणमा जुटेको छ । महानगरपालिकाका लेखा परीक्षक हरिशड्ढरराउत कुर्मीका अनुसार चालू आव २०७९÷०८० मा शुरुमा तीन अर्ब ३३ करोडको बजेट बिनियोजन भएको तर पछि संशोधन भएर ४ अर्ब १० करोडको कूल बजेट पारित भएको थियो । तर अगामि आर्थिक वर्षको लागि बजेटको आकार रु ३ अर्बको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ ।
केन्द्र सरकार, प्रदेश सरकार, राजस्व बाँडफाट, नगद मौज्दात र आन्तरिक स्रोतबाट आम्दानीमा ह्रास आएपछि चालूभन्दा अगामि आवको बजेट घटने उनको भनाई छ । चालू आवमा केन्द्र सरकारबाट सशर्त अनुदान ९६ करोड ९८ लाख, वित्तीय समानीकरण ४७ करोड ८८ लाख, राजस्व बाँडफाँटबापत २५ करोड ७६ लाख, आन्तरिक स्रोतबाट ५५ करोड, मालपोत ४० करोड, नगद मौज्दात ४७ करोड आय गर्ने लक्ष्य राखिएकोमा वित्तीय समानीकरणमा ३६ करोड २९ लाख र राजस्व बाँडफाटबापत २५ करोड २४ लाख मात्र आएको छ । अर्थात् केन्द्र सरकारबाट १२ करोड कम रुपैयाँ अनुदान पाएको देखिएको छ । मालपोतबाट ४० करोड उठाउने लक्ष्य रहेकोमा जेठको दोस्रो मसान्तसम्म मात्र आठ करोड उठेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट कूल विनियोजित बजेटको ५० प्रतिशत मात्रै रकम आएको उनले बताए । उनका अनुसार प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ३ करोड २९ लाख, राजस्व बाँडफाटमा दुई करोड २८ लाख ७४ हजारलगायत बजेट प्राप्त भएको छ ।
तर अगामि आवको लागि संघ सरकारबाट १ अर्ब ३३ करोड अनुदान,राजस्व बाडफाड २५ करोड २४ लाख,प्रदेश सरकारबाट ४ करोड ५० लाख अनुदान,राजस्व बाडफाड २ करोड २८ लाख,मालपोत दस्तुर ४० करोड र बाँकी आन्तरिक स्रोतबाट गरी कुल ३ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए । तीन अर्बको बजेट ल्याउन आन्तरिक स्रोतबाट ५५ देखि ९५ करोड सम्म उठाउने पर्ने चूनौती छ ।अर्थात वीरगंज महानगरले करको दायरा बढाउने तयारी गरेको छ ।

वीरगंज महानगरपालिकामा ३२ वटा वडा रहेकोमा एउटा वडाको चालू आवको बजेटको सिलि· ५४ लाखदेखि एक करोड आठ लाखसम्म हुने गर्छ । क्षेत्रफल र जनसङ्ख्याको आधारमा वडास्तरको बजेटको सिलिङ कायम गर्ने गरेको बताउँदै उनले वीरगंज महानगर–९ रानीघाटको चालू आवको बजेट ५४ लाख थियो भने सबैभन्दा ठूलो जनघनत्व भएको वडा नं. १६ नगवाको बजेट एक करोड आठ लाख थियो ।

चालू आवमा नगरप्रमुख, उपप्रमुख स्तरीय योजनाको लागि रु १५ करोड विनियोजन गरिएको थियो भने आकस्मिक खर्चको लागि सात करोड महानगरपालिकाले छुट्याएको थियो । आगामी आवमा वीरगंज मनपा–१७ देखि ३२ वडासम्मको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार, सामाजिक सुरक्षालगायत क्षेत्रमा केन्द्रित भएर बजेट निर्माण गर्ने काम भइरहेको जनाइएको छ । जस्तै गाउँमा सुविधासम्पन्न सडक, नाला, स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यालय, बर्थिङ सेन्टरलगायतको भवन राष्ट्रियस्तरको योजनाहरुलाई निरन्तरता पनि दिने उनले बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads