search

spot_img
spot_img

विदेश पठाइदिने भन्दै ३७ जनासंग करोडौ ठगी गरेको आरोपमा चौधरी पक्राउ

पढ्न छुटाउनुभयो ?

करोडौ रकम ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका १ का ३७ वर्षीय बिजयकुमार चौधरी रहेका छन् ।
विदेश पठाइदिने भन्दै ३७ जना भन्दा बढी व्यक्तिसंग करोडौ रकम ठगी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । चौधरीमाथी करिब एक करोड ११ लाख ठगी गरेको आरोप छ ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार बैदेशिक रोजगारीमा आकर्षक तलब पाउने भन्दै ३७ जना भन्दा बढीसंग चौधरीले रकम लिएका थिए । रकम लिएका चौधरीले विदेश नपठाएपछि स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
चौधरीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारवाही सुरु गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको...
- Advertisement -spot_img

सम्बन्धित खबर