रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजितको शव आउँदा गाउँ शोकाकुल

वीरगंज
भारतको उडिसा राज्यको बालासोर भन्ने ठाउमा गत मंगलबार राती २८८ जनाको ज्यान जाने गरि भएको रेलदुघटनामा मृत्यु भएका एक युवकको शव आज पर्सा ल्याइएको छ । शव उनको घरमा पुग्दा पुरै गाउँ नै शोकाकुल भएको छ । पर्सा,छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा बस्ने २१ वर्षिय ईन्द्रजित पासवानको रेल दुर्घटनामा परी मृत्यु भएको हो । भारत सरकारले शवको खनाखतपछि शव नेपाल पठाएको हो ।
गाउमा शव आउन बितीकै पुरै गाउमा नै रुवावासी सुरु भएको थियो । आफनो नातामा पर्ने भिनाजु नरकटीयागंज सिहरही गाउ निवासी रमेश पासवानसंगै कमाउन भारत हिडेको बेला रेल दुर्घटनमा परेको स्थानियले बताए । उनीसंगै उनको भीनाजु र निजको एक जना भतिजासमेतको मृत्यु भएको बताइएको छ । मृतक पासवानकोलाई भिस्वाको पुर्वपटि भएर बग्ने सिक्टा नदीमा अन्तिम संस्कार गरिएको छ । आर्थीक अवस्था एकदमै नाजुक रहेको पसवान परिवारमा कमाउने एक मात्र ईन्द्रजित नै थिए । बुवा पुरानो टयाक्टर ड्राईभर रहेको उनका कमाईले परिवार पाल्न नसकेपछि उनी बिचमा नै पढाई छोडी कमाउन तिर भारत जाने गर्थे । पासवानसगै पकहामैनपुर निवासी युवक परमानन्द पासवान घाईते भएको उनको उपचार तरुणम अस्पतलको आईसियूमा उपचार भई रहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित पोस्टहरुः