वडाध्यक्ष अग्रवालको फर्मुला, काम कसैले गरोस्, मलाई काम चाहिन्छ, एक वर्षमा हात पारे अढाइ करोडको योजना

प्रस, परवानीपुर, २८ जेठ/ वीरगंज महानगरपालिकाको क्षेत्रफलको हिसाबले दोस्रो सबैभन्दा सानो क्षेत्रफलको वडा हो– वडा नं. ६ । अलखियामठ–आदर्शनगर– माईस्थानको पूर्व र पश्चिम पैmलिएको यो वडाको कूल जनसङ्ख्या आठ हजार तथा कुल मतदाता चार हजार छन् । वडाध्यक्ष हुन्– लोसपाबाट निर्वाचित जयप्रकाश शाह अग्रवाल । व्यापारिक पृष्ठभूमिका अग्रवाल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट […]
उडिसा रेल दुर्घटनामा मृतक परिवारलाई भारत सरकारबाट भारू १० लाख क्षतिपूर्ति

वीरगंज, २८ जेठ/ गत साता भारतको उडिसा राज्यको बालासोरमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका पर्सा, छिपहरमाई गाउँपालिका–५ भिस्वा बस्ने २१ वर्षीय अमरजित पासवानको परिवारलाई भारत सरकारले भारू १० लाख अर्थात् नेरू १६ लाख क्षतिपूर्ति दिएको छ । भारत सरकारले शवसँगै अमरजितको परिवारजनको नाममा भारू १० लाखको चेक पनि दिएर पठाएको मृतक अमरजितका बुबा प्रभात […]
बहुअरी स्कूलको कक्षा धर्मशालामा, बल्ल शिलान्यास भयो ४५ लाखको योजना

वीरगंज, २८ जेठ/ बारा, परवानीपुर गाउँपालिका–५ स्थित श्री नेराआवि बहुअरीको नयाँ भवन निर्माणको लागि काम शुरू भएको छ । विद्यालयको पुरानो जग्गाहरू निकालेर भवन निर्माणको काम शुरू भएको हो । चालू आवमा गापाको ४५ लाख लागतमा चार कोठे विद्यालय भवन शिलान्यास गरिएको छ । शुक्रवार गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज […]
वीरगंजबाट विभिन्न बन्दूकका १०२ राउण्ड गोली भेटिएको प्रहरीको दावी

वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–१० मा १०२ राउण्ड गोली बरामद भएको जनाएको छ । महानगरपालिकाको जेसिबीले सरसफाइ गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र १०२ वटा गोली भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, फेडरलको ८ राउण्ड, विन्चेस्टरको पाँच राउण्ड, सात एमएमको […]
बारामा इनार सफा गर्ने क्रममा पेस्तोल भेटियो

बारा २८ जेठ । बाराको फेटा गाउँपालिका–३ स्थित इनार सफा गर्ने क्रममा एक थान पेस्तोल भेटिएको छ । इनार सफा गर्ने सफाइकर्मीले पेस्तोल भेटाएपछि सीमा प्रहरी चौकी छतवालाई जानकारी गराएको थियो । सई राजन थापाले पेस्तोल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनका अनुसार पेस्तोल घरेलु कट्टा रहेको बताइएको छ ।
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

काठमाडौँ, २८ जेठ (रासस) : पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै […]
नाला सफाइको क्रममा विभिन्न हतियारका १०५ राउण्ड गोली भेटियो

वीरगंज, २८ जेठ । वीरगंज महानगरपालका–६ स्थित नाला सफाई गर्ने क्रममा १०५ राउन्ड गोली भेटिएको छ । आइतवार बिहान महानगरपालिकाका कर्मचारीहरूले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ […]
दाइजोलाई लिएर दुई महिलाको हत्या

सर्लाही, २८ जेठ : दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय […]
भीषण वर्षा र चट्याङमा परेर अट्ठाइस जनाको मृत्यु, एक सय चालीसभन्दा बढी घाइते

इस्लामाबाद, २८ जेठ (रासस /एएनआई): पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको […]