search

नाला सफाइको क्रममा विभिन्न हतियारका १०५ राउण्ड गोली भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ जेठ । वीरगंज महानगरपालका–६ स्थित नाला सफाई गर्ने क्रममा १०५ राउन्ड गोली भेटिएको छ ।
आइतवार बिहान महानगरपालिकाका कर्मचारीहरूले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली भेटिएको प्रउ शाहले बताए । भेटिएकामध्ये चारवटा गोली काम नलाग्ने अवस्थामा रहेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads