search

spot_img
spot_img

उडिसा रेल दुर्घटनामा मृतक परिवारलाई भारत सरकारबाट भारू १० लाख क्षतिपूर्ति

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ जेठ/ गत साता भारतको उडिसा राज्यको बालासोरमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका पर्सा, छिपहरमाई गाउँपालिका–५ भिस्वा बस्ने २१ वर्षीय अमरजित पासवानको परिवारलाई भारत सरकारले भारू १० लाख अर्थात् नेरू १६ लाख क्षतिपूर्ति दिएको छ ।
भारत सरकारले शवसँगै अमरजितको परिवारजनको नाममा भारू १० लाखको चेक पनि दिएर पठाएको मृतक अमरजितका बुबा प्रभात रामले बताए । अमरजित यसअघि बढइ मिस्त्री (सिकर्मी)को काम काठमाडौंमा गर्दैआएका थिए । उनका दाइ चेन्नइमा काम गरिरहकोले उनीसँगै काम गर्न आप्mनो भिनाजु र भान्जाहरूसँगै उनी चेन्नइ गइरहेका थिए । बीच बाटोमै दुर्घटना हुँदा भारत, बिहार पश्चिमी चम्पारण नरकटियागंजको मझरिया बस्ने भिनाजु शत्रुघ्न महतो, निजका छोरा बजरङ्गी पासवान एवं अमरजितका अर्का भान्जा पकाहामैनपुर गापा बस्ने रामानन्द पासवान गरी चारजना रेल यात्रा गरिरहेको अवस्थामा रामानन्दबाहेक तीनजनाको निधन भइसकेको र शव ल्याएर अन्त्येष्टि भइसकेको पीडित परिवारले बताएका छन् । बालासोर स्थित एम्स हस्पिटलमा रामानन्दको उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
नेपालमा बेरोजगारीको कारण भारतमा गएर काम गर्नुपरेको र कमाउन गएको अवस्थामा दुर्घटनामा परी अमरजितले ज्यान गुमाउँदा बाकसमा शव ल्याउनुपरेको परिवारजनको दुःखेसो छ । साथै स्थानीय सरकार र जनप्रतिनिधिहरूले समेत आपूmहरूको दुःखमा मलम लगाउन नआएको दुःखेसो पोखेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads