search

spot_img
spot_img

वडाध्यक्ष अग्रवालको फर्मुला, काम कसैले गरोस्, मलाई काम चाहिन्छ, एक वर्षमा हात पारे अढाइ करोडको योजना

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, २८ जेठ/ वीरगंज महानगरपालिकाको क्षेत्रफलको हिसाबले दोस्रो सबैभन्दा सानो क्षेत्रफलको वडा हो– वडा नं. ६ । अलखियामठ–आदर्शनगर– माईस्थानको पूर्व र पश्चिम पैmलिएको यो वडाको कूल जनसङ्ख्या आठ हजार तथा कुल मतदाता चार हजार छन् । वडाध्यक्ष हुन्– लोसपाबाट निर्वाचित जयप्रकाश शाह अग्रवाल ।
व्यापारिक पृष्ठभूमिका अग्रवाल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट २७५ भोटको हाराहारीमा मत ल्याएका थिए । काङ्गे्रसी पृष्ठभूमिका अग्रवाल पार्टीबाट टिकट नपाएपछि उनी त्यसबेला स्वतन्त्रबाट चुनाव लडे तर विजयी हुन सकेनन् । चार नम्बरमा समेटिए ।
२०७९ सालको स्थानीय तहको चुनावमा उनले अचानक लोसपाबाट टिकट पाएर चुनावमा होमिए । ९ सय हाराहारीमा मत प्राप्त गरी र तीन सयको मतान्तरले काङ्ग्रेसका उम्मेदवार दिना गुप्तालाई पराजित गरे । सो वडामा वडाध्यक्ष्F लोसपाबाट र चारजना वडा सदस्य काङ्ग्रेसबाट चुनाव जिते । तर अहिले पाँचजना जनप्रतिनिधिहरु विकासको मामिलामा एकमत देखिएका छन् । वीरगंज मनपाको नगरप्रमुख, उपप्रमुख, सडक डिभिजनलगायत विभिन्न निकायबाट कसरी बजेट तान्ने र काम गर्नेबारेमा सबै केन्द्रित रहेको वडाध्यक्ष अग्रवाल बताउँछन् । उनले पछिल्लो एक वर्ष कार्यकालमा अढाइदेखि पौने तीन करोडको बजेट हात पारेको बताए । नगरपालिकाको वार्षिक बजेटको सिलिङ अनुसार वडाले रु ५७ लाख मात्र बजेट पाएको थियो जसमध्ये साढे १२ लाखको लाठगल्लीमा निर्माणाधीन सडक ढलान, महावीर गलीमा २० लाखको सडक ढलान, सात लाखको सोही गलीमा नाला र नाला छोप्ने प्लेट ढलान, पाँच लाखको खुद्रा योजनालगायत योजनाहरु वडास्तरबाट काम भएको चर्चा गर्दै महानगरको मेयरस्तरीय योजनाबाट पहिलो चरणमा ८० लाखको गहवामाई मन्दिर अगाडिको सौन्दर्यकरण एवं थप ३० लाखको मीनाबजार सडक स्तरोन्नति गर्ने योजना, गहवामाई मन्दिरभन्दा दक्षिण जाने भैरव–शीतलामाई मन्दिरदेखि त्रिभुवन स्कूलसम्म जाने सडक ५० एमएमको कालोपत्र गर्ने योजना पनि सञ्चालनमा रहेको उनले जानकारी गराए ।
सडक डिभिजन कार्यालय, हेटौंडाको २५ लाखको बजेटमा उक्त काम भइरहेको पनि उनले जानकारी गराए । यसरी सरसर्ती हेर्दा वीरगंज महानगरपालिकाको अन्य वडाभन्दा बजेट हत्याउने र खर्च गर्ने वडाको रुपमा पनि वडा नं ६ अगाडि देखिन्छ । वडाध्यक्षको एउटै फर्मुल्लाह हो– विकास र काम चाहिन्छ । उनले भने, “काम जोसुकैले गरोस्, मलाई काम र परिणाम चाहिन्छ । वर्षौदेखि जीर्ण भएको आदर्शनगर आसपासको सडकहरु ढलान र मरम्मतपछि चिटिक्क बन्दै गएका छन् । वडाबाट दिइने सेवाहरु पनि चुस्त–दुरुस्त रुपमा दिने गरेको पनि उनले दावी गरे ।
बेला बेलामा धार्मिक कार्यक्रमहरुमा सक्रिय अग्रवाल आगामी असार ५ गते गहवामाईको ११औं वार्षिकोत्सवको अवसरमा निकालिने रथयात्राको तयारीमा पनि जुटेको चर्चा गरे । उनले गहवामाई ट्रस्टको संयोजनमा भइरहेको रथयात्राको लागि वडा र वीरगंजवासीले सहयोग गरी यात्रा सफल बनाउन अपील गरे ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads