search

ट्रयाक्टरले किच्दा स्कुटी चालक चौधरीको मृत्यु,चालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–कलैया सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगंज–१५ ब्रह्म चौक बस्ने वर्ष ४५ का राजमन चौधरी रहेका छन् । चौधरी सवार प्रदेश–२–०२१–प १९०१९ नं. को स्कूटी बाट लडेपछि प्रदेश–२–०३–०१–त ७७० नं. को ट्याक्टरले किच्दा चौधरी गम्भीर घाइते भएको र उपचारको लागि एलएस न्यूरो अस्पतालमा लैजाँदा उनलाई मृत घोषित गरिएको थियो ।

प्रसौनी गापा–२ पतञ्जली उद्योगनजिकै अपराह्न ३ बजे वीरगंज आइरहेको स्कूटीलाई कलैयातर्फ गइरहेको ट्याक्टरले किच्दा उक्त घटना भएको थियो । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रनि विनोद बोहराले बताए । ट्याक्टर चालक बारा पचरौता नगरपालिका–७ बेनौली का २८ वर्षीय रञ्जितप्रसाद यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएर जिप्रका बारामा बुझाइएको प्रनि बोहराले बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads