बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

सप्तरी, ३१ जेठ । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु […]

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

काठमाडौँ, ३१ जेठ (रासस) : दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर […]

५४ लाखको सुनसहित वीरगंजका युवक पक्राउ

मनहरी, ३१ जेठ मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै […]

आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि …

बारमेर (राजस्थान) ३१ जेठ राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् […]

सावित्रा युरोपेली क्लबमा आबद्ध

काठमाडौं, ३१ जेठ । नेपालकी स्ट्राइकर सावित्रा भण्डारी युरोपियन क्लब हापोयल रानानासँग अनुबन्धित भएकी छिन् । एक महिनाभित्र उनी लिग खेल्न इजरायल पुग्नेछिन् । राष्ट्रिय टोलीबाट उनले ४१ खेलमा सर्वाधिक ४३ गोल गरेकी छिन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली क्लबबाट लिग खेल्ने भएकी छिन् । नेपाली टोलीकै नम्बर एक स्ट्राइकर सावित्राले इजरायलको शीर्ष […]

श्रीसिया मौजेटोलाको पुल अधूरो

वीरगंज, ३१ जेठ/ वीरगंज महानगर–२५ श्रीसियाको मौजेटोलको निर्माणाधीन पुल अहिलेसम्म पूरा भएको छैन। ठेकेदारले काम नगर्दा पुल निर्माणको काम पूरा हुन नसकेको वीरगंज–२५ श्रीसियाका वडाध्यक्ष आशुतोष चतुर्वेदीले आरोप लगाए। यता ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका सुमीत रौनियारले वडाध्यक्षको कमी कमजोरीको कारण पुल निर्माणमा ढिलाइ भएको जवाफ दिए। विजय सरावगीको पालामा वीरगंज मनपाको १७ वटा प्याकेजमा १७ […]

पाँडेपुरमा आगलागी हुँदा एकजनाको घर जलेर नष्ट

वीरगंज ३० जेठ/ जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरमा आगलागी हुँदा एकजनाको घर जलेर नष्ट भएको छ। बिहान ११ः३० बजे मञ्जुमहतो नूनियाको फुसको घरमा आगलागी हुँदा लत्ताकपडा, भाँडाबर्तन, धान चामल, नगद र एउटा मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रनानि नन्दकिशोर साहले बताए। आगलागीबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।

टिबडेवालद्वारा महानगरलाई पाँच करोडको जग्गादान

वीरगंज, ३० जेठ/ वीरगंज महानगरपालिका–८ का प्रेमकुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गरेका छन्। वीरगंज पब्लिक कलेज अगाडि रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिस्ट्रेशन पास गरेर हस्तान्तरण गरेका हुन्। मालपोत कार्यालय पर्सामा आज रजिस्ट्रेशन पास गरेर टिबडेवालले महानगरलाई लालपूर्जा हस्तान्तरण गरेका थिए। बजार मूल्य अनुसार सो जग्गा करीब पाँच करोड बराबरको छ। टिबडेवालले सो […]