search

spot_img
spot_img

टिबडेवालद्वारा महानगरलाई पाँच करोडको जग्गादान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० जेठ/
वीरगंज महानगरपालिका–८ का प्रेमकुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गरेका छन्। वीरगंज पब्लिक कलेज अगाडि रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिस्ट्रेशन पास गरेर हस्तान्तरण गरेका हुन्।

मालपोत कार्यालय पर्सामा आज रजिस्ट्रेशन पास गरेर टिबडेवालले महानगरलाई लालपूर्जा हस्तान्तरण गरेका थिए। बजार मूल्य अनुसार सो जग्गा करीब पाँच करोड बराबरको छ।

टिबडेवालले सो ठाउँमा खुला स्थान नरहेको कारण नागरिकलाई सहज होस् भनेर सार्वजनिक प्रयोगका लागि जग्गा महानगरको नाममा गरेको बताए। विगतमा सार्वजनिक हितका लागि मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेकोमा आगामी दिनमा महानगरले पार्क बनाओस् भन्ने आफ्नो धारणा रहेको उनले बताए।
नगरप्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गादाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गरे।

उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई टिबडेवाल उदाहरण भएको बताए।
वडा नम्वर ८ का अध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरी हस्तान्तरण गरेका थिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर