जिप्रका, पर्सामा ५५ जनाको आँखा परीक्षण

वीरगंज ३२ जेष्ठ । जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालमा आयोजनामा आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् । विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो । शिविरमा वीरगञ्जस्थित किरण आँखा अस्पताल प्रा.ली.का दृष्टि बिषेशज्ञ ज्योती साह नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण […]
बारामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु

बारा, ३२ जेठ । बारामा करेन्ट लागेर एकजना घर बनाउने मजदूरको मृत्यु भएको छ । देवताल गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपराडीमा भवन निर्माणको काम गर्ने सुनील रामको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइब्रेशन मेशिन चलाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । स्थानीय सुनील रामको मृत्यु […]
विश्व जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवसको अवसरमा आँखा जाँच शिविर

वीरगंज, ३२ जेठ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूकता दिवसको अवसरमा निश्शुल्क आँखा जाँच शिविर बिहीवार सम्पन्न गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आदर्शनगर,वीरगंज पर्सा र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साको सयुक्त आयोजनामा विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूपकता […]
विन्दवासिनी गापाको बेरुजु बढेर २० करोड पुग्योे,बर्थिङ सेन्टर नहुदै लाखौंको समान खरिद

वीरगंज विन्ध्यवासिनी गाउँपालिकाभरिमा एउटा पनि बर्थिङ सेन्टर छैन तर बर्थिङ सेन्टरका लागि आवश्यक लाखौं मूल्यका सामान खरीद गरिएको छ । यी सामान चालू वर्षको लागि मात्र खरीद भएको होइन, प्रत्येक आवको वार्षिक बजेटबाट खरीद हुँदै आएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले हालै जारी गरेको अडिट रिपोर्टमा बर्थिङ सेन्टरका लागि पाँच लाख मूल्यबराबरको न्यानो […]
प्रकाश थारुलाई फेरी एवार्ड

वीरगंज पर्साका सामाजिक अभियन्ता प्रकाश थारु ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२ ’ को अवार्डबाट सम्मानित भएका छन् । सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय रहदै आएका थारुलाई नेशनल सोसल वेल्फेयर अवार्डबाट सम्मानित गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच थारुलाई सङ्घीय सरकारका मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मानित […]
आयातकर्तालाई लोभ्याउन काँनकाँरको ललिपप,पार्टी भाग्न थालेपछि सप्ताहिक रेल

राधेश्याम पटेल वीरगंज १६ वर्षदेखि वीरगंज महानगर–२५ श्रीसिया सुक्खा बन्दरगाहमा आधिपत्य जमाएको भारतीय कन्टेनर नगम लिमिटेड (काँनकाँर)ले अहिले नेपाली आयातकर्तालाई लोभ्याउन थालेको छ । सोमवार साँझ काँनकाँरले एउटा विज्ञप्ति जारी गर्दै कोलकाता बन्दरगाहबाट ड्राइपोर्ट वीरगंजको लागि साप्ताहिक मालगाडी चलाउने निर्णय गरेको जनाएको छ । यसअघि साप्ताहिक रेल अनियमित गर्दै आएको काँनकाँरले बिजनेश खोसिएपछि वीरगंज तथा […]
वीरगंज–२१ लिपनीविर्तामा ३ करोडको योजना

वीरगंज–२१ लिपनीविर्तामा ३ करोडको योजना वीरगंज वीरगंज महानगरपालिका वडा नं २१ लिपनीबिर्तामा चालू आवमा तीन करोड २४ लाखको योजना अगाडि बढाइएको वडाध्यक्ष राधाकृष्ण साह रौनियारले बताएका छन्। वडास्तरीय र वीरगंज महानगरपालिकाको नगरस्तरीय एवं अन्य दाताहरूबाट सहयोग प्राप्त गरी सो रकमबाट विभिन्न योजनामाथि काम भइरहेको वडाध्यक्ष रौनियारले बताए। वडास्तरीय बजेटको सिलिङमार्फत सो वडाले रु ७३ लाख […]
विवाहको एकवर्षपछि सचिताको शंकास्पद मृत्यु,श्रीमानसहित ३ पक्राउ

राधेश्याम पटेल,वीरगंज वीरगंज–२२ जगरनाथपुरमा एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा सोही टोलका वीरेन्द्र ठाकुरकी २१ वर्षीया पत्नी सञ्चिताकुमारी ठाकुर हुन् । बिहान साढे ८ बजे घरको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा उनको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ। पति–पत्नीबीच मनमुटावका कारण सञ्चिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर […]
वीरगंजको मुख्य सडकको फैसला अब भदौ २२ मा

वीरगंज वीरगंज महानगरको मुख्य सडक विस्तारको मुद्दा सर्वोच्चमा बुधवार सुनवाइ हुन सकेन र आगामी सुनवाइ भदौ २२ गतेको लागि सरेको छ । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको इजलासमा आज मुद्दाको सुनवाइ मिति तोकिएकोमा मुद्दा हेर्न नभ्याउने गरी सर्वोच्च अदालतले आगामी भदौ २२ गतेको लागि पेशी तोकेको छ। त्रिभुवन राजपथ अन्तर्गत वीरगंज महानगरको गण्डकचोकदेखि […]