search

विवाहको एकवर्षपछि सचिताको शंकास्पद मृत्यु,श्रीमानसहित ३ पक्राउ

पढ्न छुटाउनुभयो ?

 

राधेश्याम पटेल,वीरगंज
वीरगंज–२२ जगरनाथपुरमा एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा सोही टोलका वीरेन्द्र ठाकुरकी २१ वर्षीया पत्नी सञ्चिताकुमारी ठाकुर हुन् । बिहान साढे ८ बजे घरको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा उनको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ। पति–पत्नीबीच मनमुटावका कारण सञ्चिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर पीडित पक्षले सञ्चिताका पति वीरेन्द्र ठाकुरले परिवारजनसँग मिलेर हत्या गरी झुन्ड्याएको हुन सक्ने दाबी गरेको छ ।

सञ्चिताका मामा अनिल ठाकुरले केही दिनदेखि दुवैजनाबीच झगडा हुने गरेको र दुई–चार दिनदेखि सञ्चितालाई माइतीमा कुराकानी गर्न नदिएको बताए। सोही घटनामा सञ्चिताका पति वीरेन्द्र, जेठाजु ललन ठाकुर, जेठानी प्रतिमा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले घटना शङ्कास्पद देखिएको र सञ्चिताको माइती पक्षले जाहेरी दिने र शवको शल्यपरीक्षणको आधारमा अनुसन्धान अगाडि बढाउने बताए। उनले घटनाबारे सोधपूछको लागि तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छन्। सञ्चिताको माइती बारा, प्रसौनी गापा–७ हरपुर बलुवा हो। उनको डेढ वर्षअगाडि सैलुनमा काम गर्ने वीरेन्द्रसँग धार्मिक रीति अनुसार विवाह भएको थियो ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads