search

spot_img
spot_img

वीरगंज–२१ लिपनीविर्तामा ३ करोडको योजना

पढ्न छुटाउनुभयो ?

वीरगंज–२१ लिपनीविर्तामा ३ करोडको योजना
वीरगंज
वीरगंज महानगरपालिका वडा नं २१ लिपनीबिर्तामा चालू आवमा तीन करोड २४ लाखको योजना अगाडि बढाइएको वडाध्यक्ष राधाकृष्ण साह रौनियारले बताएका छन्। वडास्तरीय र वीरगंज महानगरपालिकाको नगरस्तरीय एवं अन्य दाताहरूबाट सहयोग प्राप्त गरी सो रकमबाट विभिन्न योजनामाथि काम भइरहेको वडाध्यक्ष रौनियारले बताए। वडास्तरीय बजेटको सिलिङमार्फत सो वडाले रु ७३ लाख पाएको थियो। साथै नगरस्तरीय योजनाबाट पनि विकास निर्माणका भइरहेको उनले बताए। उनले विभिन्न योजना अन्तर्गत लिपनीबिर्ताबाट वीरगंजसम्म निश्शुल्क एम्बुलेन्स सेवा शुरू गरेको बताए। वडास्तरीय बजेट रु ७३ लाखबँट रु २४ लाखको ताजपुुरमा आठ सय फिट लम्बाइ एवं अढाई फिट चौडा नालाको योजना, तत्वाटोलामा २२ फिट चौडा र तीन सय फिट लम्बाइको सडक ढलानको रु १४ लाखको योजना, परवानीपुरमा संसारीमाई क्ष्ँेत्रमा १५० फिट लम्बाइको रु १० लाखको सडक र नाला निर्माण, कोइरियाटोलामा तीन सय फिट लम्बाइ र अढाई फिट चौडा रु आठ लाखको नाला निर्माण, पटेलनगरमा १८० फिट लम्बाइ एवं अढाई फिट चौडा पाँच लाखको नाला निर्माण, तीन लाखको सिलाइकटाइ, दुई लाखको कम्प्युटर तालीम, एक लाखको ब्युटिशियन तालीम, एक लाखको खेलकूद सामग्री वितरण, चार लाखको धारा वितरण, तीन लाखको वृक्षारोपण र आकस्मिक खर्च चार लाखलगायतका योजना सम्पन्न भएको उनले बताएका छन्।

त्यसैगरी, महानगरको नगरस्तरीय योजनाबाट ५० लाखको श्मशानघाट, एक करोड सात लाखको वडा कार्यालय भवन निर्माण, कोइरियाटोलामा १५ लाखको छ सय फिट लम्बाइको छुट्टै नाला ढलान, पटेलनगरमा उपप्रमुखको योजनाबाट १० लाखको सडक नाला, पटेलनगरमा १० लाखको सडक र नाला निर्माण, पटेलनगर प्राविमा पाँच लाखको पर्खाल निर्माण, पटेलनगरदेखि गण्डक नहर आउने स्थानमा २५ लाखको झोलुङ्गे पुल निर्माण, वडा कार्यालय, स्वास्थ्य चौकी नजीकै टावरलाइट जडानलगायतका योजनाहरूमा काम भइरहेको छ। त्यसैगरी, अन्य दाताहरू डाबर नेपालबाट पटेलनगर स्कूलमा बेन्च–डेस्क तथा मुख्य प्रवेशद्वार निर्माण, ब्रिटानियाबाट दुई सय विद्यार्थीको लागि पोशाक एवं अढाई लाखको स्वास्थ्यचौकीको लागि इन्भर्टर, कन्साइ नेरोलेक पेन्ट र मनोज ग्याँसबाट क्रमशः दुई लाख र एक लाख ४४ हजारमा दुई सरकारी विद्यालयका शिक्षकको वार्षिक तलब, एपेक्स फर्मास्युटिकल्सबाट तीन लाखको सहयोगबाट ताजपुरमा छठघाट निर्माण भएको उनले बताए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads