search

spot_img
spot_img

सिमरामा वृहत निश्शुल्क स्वास्थ्य शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असार । अल्पाइन हस्पिटल सिमराको आयोजनामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अस्पताल परिसरमा आयोजित शिविरमा सयौंको विरामीहरुको सहभागिता थियो । शिविरमा चिकित्सकको ओपिडी शुल्क एवं मधुमेह रोग निशुल्क रुपमा जाँच भएको थियो भने अन्य जाँच एवं महगा औषधीमा १० प्रतिशत छुट दिइएको थियो । कोभिड महामारीपछि पर्सा–बाराका ग्रामिण भेगका जनतासंग चिकित्सकलाई तिर्ने रकम समेत नभएको अभावमा केही विरामीले उपचार नपाएको गुनासो आएपछि अस्पतालले यस्तो शिविर आयोजना गरी समाजिक कार्य गर्न खोजेको जनाएको छ । हार्ट फाउन्डेशन बारा र लायन्स क्लब अफ वीरगंजको सहयोगमा आयोजना भएको शिविरमा वीरगंज,सिमरा,हेटौडा,काठमाडौंका गरी करिब १७ जना विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेको अस्पतालको चिकित्सक प्रकाश साहले बताए । शिविरमा फिजिसियन,सर्जन,हाडजोर्नी,स्त्रीरोग,मुटुरोग,बाथरोग,मानसिक रोगलगायत रोगका विशेषज्ञहरुको सहभागिता रहेको अस्पतालको सञ्चालक शिव शर्माले बताए ।
६ वर्ष पहिले स्थापना भएको अस्पतालले एक महिना सम्म निशुल्क शिविरकै नियममा ओपिडी निशुल्करुपमा विरामीले सेवा दिइने जनाइएको छ । शिविरमा पर्सा,बाराका दर्जनौ गाउँबाट विरामीहरु गएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads