परवानीपुर गापाले ४० करोडको बजेट बनाउँदै

वीरगंज, ४ असार । असार १० गतेभित्र स्थानीय तहले बजेट पारित गरिसक्नुपर्ने निर्देशन बमोजिम स्थानीय पालिकाहरू योजना छनोट, नीति तथा कार्यक्रम निर्माण एवं बजेट पारितको लागि तयारीमा लागेका छन्। यसै क्रममा बाराको परवानीपुर गापाले पनि बजेट ल्याउने तयारी गरिरहेको छ। परवानीपुर गापाले चालू आवमा ३५ करोड रुपैयाँ हाराहारीमा बजेट पारित गराएको थियो भने आगामी आव […]
स्पर्श हस्पिटलमा शल्यक्रिया गराएकी सविताको निधन

वीरगंज, ४ असार/ वीरगंज महानगर–१४ गण्डक बहुअरीस्थित स्पर्श सुपरस्पेशलिटी हस्पिटलमा उपचार गराएकी एकजना महिलाको निधन भएको छ। निधन हुनेमा बारा, परवानीपुर गाउँपालिका–२ रामपुरकी ४६ वर्षीया सवितादेवी यादव रहेकी छन्। पित्तथैलीको शल्यक्रिया गराएकी सविताको उपचारमा चिकित्सक एवं स्वास्थ्यकर्मीले लापरवाही गर्दा उनको मृत्यु भएको मृतक परिवारको आरोप छ। सविताको माइती वीरगंज–१८ सुखचैनामा पर्छ। एक छोरा, चार छोरीकी […]
सातजना मजदूरलाई काम गर्नबाट वञ्चित गरेपछि जय स्पिनिङ मिलमा मजदूरहरुको हडताल

वीरगंज, ४ असार । वीरगंज–परवानीपुरमा रहेको ज्योति समूह अन्तर्गत रहेको जय स्पिनिङ मिलमा मजदूरहरुले हडताल गरेका छन् । मजदूरहरुमध्ये सातजनालाई काम गर्नबाट वञ्चित गरेपछि मजदूरहरु आन्दोलित भएका हुन् । रुप ज्योति सञ्चालक रहेको उद्योगमा साढे पाँच सय जना मजदूरहरु छन् । जसमा अढाइ सय महिला र तीन सय पुरुष कार्यरत छन् । कपासबाट धागो उत्पादन […]
साउनदेखि यातायात एकै प्रशासनिक कार्यालयबाट सञ्चालन हुने

वीरगंज, ४ असार । यातायात व्यवस्था कार्यालय मातहत रहेको लाइसेन्स शाखा र सवारी शाखा आगामी आर्थिक वर्षदेखि एउटै प्रशासनिक कार्यालयबाट सञ्चालन हुने भएको छ। सरकारको निर्देशन अनुसार आगामी साउन १ गतेदेखि दुवै कार्यालय एउटै कार्यालयबाट सञ्चालन हुने जनाइएको छ। सञ्चारमाध्यममा आएको कुरालाई पुष्टि गर्दै यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजका प्रमुख कमल गौतमका अनुसार आफूले पनि […]
पोखरिया–१० का अध्यक्ष सम्पर्कविहीन

वीरगंज, ४ असार । असारे बजेटमा काम गराइरहेका पर्साको पोखरिया नगरपालिका वडा नं १० का अध्यक्ष्F सोनालाल साह गोढ सम्पर्कविहीन भएका छन्। बजेटको नाममा ठेकेदार एवं अन्य व्यक्तिसँग नगद रकम लिएर जेठपछि पैसा दिन्छु भनी भाका गरेका वडाध्यक्ष गोढ केही दिनदेखि मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहीन भएको बाराका ठेकेदार मोहनलाल साह कानूले बताए। वडाध्यक्षले रु […]
ड्राइपोर्ट भन्सारद्वारा ११ महीनामा ३९ अर्ब राजस्व सङ्कलन

वीरगंज, ४ असार । वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालू आवको ११ महीनामा रु ३९ अर्ब ४५ करोड ९४ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले चालू आवको १२ महीनामा पाएको रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार लक्ष्यको ५८.५१ प्रतिशत अर्थात् ३९ अर्ब ४५ करोड ९४ लाख ७४ […]
बहुदरमाईमा बोलबम गीतको छायाङ्कन

वीरगंज, ४ असार । साउन आउन लाग्दा भोजपुरी बोलबम गीतको छायाङ्कन शुरू भएको छ। वीरगंज–२५ श्रीसिया सुक्खा बन्दरगाहस्थित कृतिका इन्टरटेनमेन्टले एक दर्जनवटा बोलबमका गीतमाथि बहुदरमाई नगरपालिकामा छायाङ्कन शुरू गरेको जनाएको छ। कम्पनीका सञ्चालक दिलीप चौरसियाका अनुसार विराटनगर र जनकपुरका कलाकारहरूसँगै स्थानीय कलाकारहरूको अभिनय रहेको उक्त गीति एलबम साउन मसान्तमा रिलिज गर्ने लक्ष्य राखिएको छ। सञ्जय […]