search

ड्राइपोर्ट भन्सारद्वारा ११ महीनामा ३९ अर्ब राजस्व सङ्कलन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालू आवको ११ महीनामा रु ३९ अर्ब ४५ करोड ९४ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ।
भन्सार कार्यालयले चालू आवको १२ महीनामा पाएको रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार लक्ष्यको ५८.५१ प्रतिशत अर्थात् ३९ अर्ब ४५ करोड ९४ लाख ७४ हजार राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले जानकारी गराए। उनका अनुसार भन्सार कार्यालयको औसत मासिक राजस्व सङ्कलन तीन अर्ब १९ करोड ६१ लाख १५ हजार रहेको छ भने औसत मासिक राजस्व सङ्कलन प्रतिशत ६४.८० प्रतिशत रहेको जनाइएको छ।
कार्यालयले साउनमा तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार, भदौमा तीन अर्ब ९८ करोड ३७ लाख ३२ हजार, असोजमा तीन अर्ब ३५ करोड ७६ लाख आठ हजार, कात्तिकमा तीन अर्ब ६५ करोड ४० लाख २२ हजार, मङ्सिरमा तीन अर्ब ९८ करोड पाँच लाख ७८ हजार, पुसमा तीन अर्ब ३२ करोड ३५ लाख ९१ हजार, माघमा तीन अर्ब ६८ करोड ७० लाख ५६ हजार, फागुनमा तीन अर्ब ४५ करोड ७३ लाख ८५ हजार, चैतमा तीन अर्ब २२ करोड ५५ लाख ६९ हजार, वैशाखमा तीन अर्ब २६ करोड ९२ लाख ३४ हजार र जेठमा चार अर्ब ३० करोड २२ लाख चार हजार गरी कुल ३९ अर्ब ४५ करोड ९४ लाख ७४ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी गराए। कार्यालयले असारमा पाँच अर्ब ९० करोड ९१ लाख २१ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads