search

सातजना मजदूरलाई काम गर्नबाट वञ्चित गरेपछि जय स्पिनिङ मिलमा मजदूरहरुको हडताल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । वीरगंज–परवानीपुरमा रहेको ज्योति समूह अन्तर्गत रहेको जय स्पिनिङ मिलमा मजदूरहरुले हडताल गरेका छन् ।
मजदूरहरुमध्ये सातजनालाई काम गर्नबाट वञ्चित गरेपछि मजदूरहरु आन्दोलित भएका हुन् । रुप ज्योति सञ्चालक रहेको उद्योगमा साढे पाँच सय जना मजदूरहरु छन् । जसमा अढाइ सय महिला र तीन सय पुरुष कार्यरत छन् । कपासबाट धागो उत्पादन गरी युरोपियन देशमा निकासी गर्दै आएको उद्योगले श्रमिकहरुको तलब, भत्तालगायत सुविधाहरु नियमानुसार नदिएको भन्दै व्यवस्थापनपक्ष संग सोधपुछ गर्न गएका सात जना मजदूरलाई कामबाट हटाउन व्यवस्थापन पक्षले गेट रोक्का गरेको मजदूर नेता प्रदीप पटेलले गुनासो गरे । [image: 351718036_1031762001538481_1539111056692173361_n.jpg]
मजदूरको तलब सुविधा जबसम्म पाउँदैनन् तबसम्म आन्दोलन फिर्ता नहुने चेतावनी दिएका छन् । मजदूरहरु आन्दोलित भएपछि व्यवस्थापन पक्षले प्रहरीलाई सुरक्ष्Fाकर्मी बोलाइ मध्यस्थकर्ता बन्न आग्रह गरेको छ । मजदूरको समस्या समाधानको विषयमा अहिले व्यवस्थापन पक्ष र सातजना मजदूरबीच वार्ता भइरहेको बुझिएको छ ।
यस विषयमा कारखाना प्रबन्धक मनीष गुप्ताले कारखानाका सञ्चालकबाट यसमा प्रतिक्रिया दिन अधिकार नदिएकोले आफूले केही बोल्न मिल्ने जवाफ दिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads