search

spot_img
spot_img

स्पर्श हस्पिटलमा शल्यक्रिया गराएकी सविताको निधन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार/
वीरगंज महानगर–१४ गण्डक बहुअरीस्थित स्पर्श सुपरस्पेशलिटी हस्पिटलमा उपचार गराएकी एकजना महिलाको निधन भएको छ।
निधन हुनेमा बारा, परवानीपुर गाउँपालिका–२ रामपुरकी ४६ वर्षीया सवितादेवी यादव रहेकी छन्। पित्तथैलीको शल्यक्रिया गराएकी सविताको उपचारमा चिकित्सक एवं स्वास्थ्यकर्मीले लापरवाही गर्दा उनको मृत्यु भएको मृतक परिवारको आरोप छ। सविताको माइती वीरगंज–१८ सुखचैनामा पर्छ। एक छोरा, चार छोरीकी आमा सविता शल्यक्रियाको लागि जेठ २३ गते अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रियापछि उनको स्वास्थ्य जटिल भएको थियो।
थप उपचारको लागि जेठ २८ गते सिम्रिक हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत रहँदा सात दिनपछि असार २ गते साँझ पौने पाँच बजे उनको निधन भएको थियो। मृतक सविताका भाइ सरोज यादवका अनुसार दिदीको शल्यक्रिया स्पर्शका डा एखलाकुल रहमानले गरेका र शल्यक्रियापछि राम्रोसँग स्याहारसुसार नहुँदा सविताको स्वास्थ्य अवस्था जटिल भएको थियो। मेडिसिटीका चिकित्सकहरूलाई उद्धृत गर्दै उनले बिरामीको उपचारमा प्रभावकारी उपचार पद्धति अवलम्बन नगर्दा आफ्नी दिदीको मृत्यु भएको जानकारी गराए।
यस सम्बन्धमा स्पर्शका सञ्चालक डा महेश्वर कुर्मीले सविता मधुमेहरोगी भएकीले यसभन्दा अघि शल्यक्रिया नगरी दुई/तीन पटक फिर्ता पठाएको तर यसपटक सबै रिपोर्ट सही देखिएपछि शल्यक्रिया गरिएको बताए। शल्यक्रियापछि आइसियूमा राख्दा उनको मुटुले राम्ररी काम नगरेकोले रक्तसञ्चार कम भएर दिमागले राम्ररी काम नगरेकोले उनको अवस्था खराब भएपछि काठमाडौं रेफर गरिएको डा कुर्मीले बताए।
सविताको काठमाडौंको उपचार एवं हेलिकप्टर खर्च गरी रु छ लाख अस्पताल व्यवस्थापन पक्षले बेहोरोको मृतक सविताका भाइ सरोजले बताइराख्दा अस्पताल प्रशासनले सो खर्च नगरेको डा कुर्मीले दाबी गरे।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads