search

spot_img
spot_img

परवानीपुर गापाले ४० करोडको बजेट बनाउँदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार ।
असार १० गतेभित्र स्थानीय तहले बजेट पारित गरिसक्नुपर्ने निर्देशन बमोजिम स्थानीय पालिकाहरू योजना छनोट, नीति तथा कार्यक्रम निर्माण एवं बजेट पारितको लागि तयारीमा लागेका छन्। यसै क्रममा बाराको परवानीपुर गापाले पनि बजेट ल्याउने तयारी गरिरहेको छ।
परवानीपुर गापाले चालू आवमा ३५ करोड रुपैयाँ हाराहारीमा बजेट पारित गराएको थियो भने आगामी आव २०८०/८१ को लागि ४० करोडको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको गापा अध्यक्ष रामक्ष्Fत्रीप्रसाद कुर्मीले बताए।
उनका अनुसार ६०–७० लाखको वडाहरूको बजेट रहने र बाँकी गापास्तरीय योजनाबाट काम गर्ने रणनीति अनुसार शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषिलगायत क्षेत्रको बजेट बनाउने काम भइरहेको उनले बताए। चालू आवमा ३५ करोड एक लाखको कुल बजेटमा चालूतर्फ १४ करोड २५ लाखमध्ये आठ करोड ६१ लाख जेठ मसान्तसम्म खर्च भइसकेको, त्यसैगरी पूँजीगततर्फ १९ करोड ७६ लाखमध्ये जेठ मसान्तसम्म १२ करोड ५१ लाख अर्थात् समग्रमा कुल बजेटको ६३.६१ प्रतिशत खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बताए।
आगामी आवको ४० करोडको बजेटमध्ये चालू १२ करोड र पूँजीगत २८ करोड बराबरको बजेट आउने जानकारी गराइएको छ। जसमा प्रदेशबाट ७० लाखको हाराहारीमा अनुदान पाउने जनाइएको छ भने सङ्घबाट सशर्तमा १० करोड, वित्तीय समानीकरणतर्फ ९ करोड ६३ लाख, राजस्व बाँडफाँडमा ६ करोड २३ लाख, आन्तरिक स्रोतबाट पाँच करोड, विशेष अनुदानमा तीन करोड ९१ लाख, समपूरक बजेट एक करोड २० लाख अनुदानसहित अल्याको पाँच करोड रहेकोे छ।
परवानीपुर गापा बेरुजू फछ्र्योटमा उत्कृष्ट काम गर्दै एक नम्बरमा रहेको प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताए। मधेस प्रदेशका आठ जिल्लाका १३६ पालिकामध्ये परवानीपुर गापाको बेरुजू रकम चालू आवको कुल बजेटको ०.९९ प्रतिशत अर्थात् ७५ लाख ७२ हजार मात्र रहेको जनाइएको छ। आगामी आवमा उक्त रकम पनि फछ्र्योट गर्ने प्रयास हुने गापाले जनाएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads