search

spot_img
spot_img

पहिलोपटक निकालिएको गहवामाई रथयात्रामा उर्लियो जनलहर

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ असार । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिरबाट आज पहिलोपटक रथयात्रा निकालिएको छ ।
गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा जनलहर ओर्लिएको थियो ।
बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट शुरू भएको रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएको हो । रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरूको जनसागर नै उर्लिएको थियो। मन्दर परिसरबाट शुरू भएको रथयात्रा माइस्थान चोक, घणटघर, रेल्वे रोड हुँदै छपकैया पुगेर रथयात्रा त्यहाँबाट, श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको हो ।
रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो भने हजारौं भक्तजनहरू जयमाता दी लेखिएको भगवा झण्डासिहत सहभागी भएका थिए । रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए।
मंगलवार साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयोजना गिरने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।
बुधवार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरूका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए । रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ । रथ निर्माणको लागत मात्रै करिब २० लाख रुपियाँँ रहेको उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरूले रथ निर्माण गरेका हुन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads