search

spot_img
spot_img

जय स्पिनिङ्गको मजदुर र प्रहरीवीच झडप

पढ्न छुटाउनुभयो ?

वीरगंज,५ असार जय स्पिनिङ्ग प्रालि परवानीपुरका मजदुर र प्रहरी वीच झडप भएको छ । आज अपरान्ह ४ बजेको समयमा झडप भएको हो । उद्योगको मुल गेटमा धर्ना दिइरहेका मजदुर मध्ये एक जना महिला मजदुरलाई पुरुष सुरक्षाकर्मीले हात समातेर धकालेपछि आन्दोलनरत मजदुरहरु आक्रोशित भएका थिए ।त्यसपछि उनीहरुले गेट र प्रहरीको गाडीमाथि टोडफोड गर्न खोज्दा अवस्था समान्य बनाउन प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट महिला मजदुर जानकी चौधरी,अकलेश यादव,सुवास साहलगायत ४ जना घाइते भएका छन् भने दुई जना सुरक्षाकर्मी समेत घाइते भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार अवस्था असहज भएपछि बल प्रयोग गर्नू परेको बताए । घाइते हुनेमा प्रहरी चौकी परवानीपुरका दुई जना सुरक्षाकर्मी रहेका छन् ।सुरक्षाकर्मीको नाम खुलेको छैन ।
उद्योगका ७ जना मजदुरहरुले बिदाको पैसा कहिले पाउने बारे उद्योग व्यवस्थापन पक्षसंग सोध्न जाँदा उद्योगले आइतवारदेखि ती ७ जना मजदुरहरुको कामबाट बञ्चित गर्न गेट रोक्का गरेको थियो ।त्यसपछि मजदुरहरु आन्दोलित हुदैं सोमवारदेखि धर्ना दिइरहेका छन् । प्रहरी र मजदुर वीच भइरहेको झडपको रिपोर्टिङ गर्न गएका सञ्चारकर्मी सुरेन्द्र यादव पनि प्रहरीको कुटाईबाट घाइते भएको बुझिएको छ । मजदुरहरुले बुधवार विहान सात बजे उद्योगमा मजदुर भेला राखेका छन् । प्रहरीको दमनको बारेमा र अगामि संघर्षको कार्यक्रमको बारेमा निर्णय गरी चरणबद्ध आन्दोलन गर्ने मजदुरहरुको तयारी छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads