search

spot_img
spot_img

वीरगंज महानगर–१८ सुखचैनामा दुई करोडको सडक–नाला निर्माण : गुपचुप समिति गठन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असार । वीरगंज महानगर–१८ सुखचैनामा निर्माणाधीन रु दुई करोड नौ लाखको नाला एवं सडक निर्माणको योजनामा अनियमितता भएको आरोप लगाइएको छ । सुखचैनावासीले यस्तो आरोप लगाएका हुन् ।
दुई करोड नौ लाखको तीन टुक्रामा तीनवटा समिति गठन गरी आन्तरिकरूपमा ठेकेदारमार्फत नै काम गराउने रणनीति अनुसार गुपचुप समिति गठन गरेर पहिलो खण्डको काम भइरहेकोले त्यसलाई रोक्न गाउँवासीले अपील गरेका छन् । श्यामसुन्दर पटेलका अनुसार गाउँको योजना पारदर्शीरूपमा गर्न गाउँमा चौकीदारबाट सूचना गराई गाउँभेला गरी उपभोक्ता समिति गठन गर्नुपर्नेमा १८ नम्बर वडा कार्यालयमा गुपचुप किसिमले किशोरी मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।
पर्सा, विश्रामपुर घर भई वीरगंज बस्दै आएका ठेकेदार राजु साहमार्फत काम भइरहेकोले उपभोक्ता समितिको काँधमा बन्दूक राखेर निशाना साँध्ने काम भएको बताइएको छ । सडक तथा नालाको योजनामा २० देखि ३० प्रतिशतसम्म कमिशनको चलखेल भएकोले वीरगंज महानगरपालिकाका जनप्रतिनिधिका आसेपासेलाई उपभोक्ता समितिमा राखिएको र आसेपासे ठेकेदारको पैसा खर्च गरी काम भइरहेको बुझिएको छ ।
उपभोक्ता समितिले काम गर्दा लाखौं रुपियाँको जोहो गर्नुपर्ने अवस्था भएकोले जनतालाई देखाउन उपभोक्ता समितिमार्फत काम भइरहेको भन्ने तर पछाडिबाट ठेकेदार हुँदै जनप्रतिनिधिको गोजीमा कमिशनबापत लाखौं रुपियाँ कुम्ल्याउन यस्तो रणनीति अख्तियार गरेको गाउँलेको आशङ्का छ । साथै नाला निर्माण, आरसिसी ढलानको परिमाणमा पनि कमी गरिएको एवं नालाको डण्डीको जाली जोड्ने क्रममा पनि त्रुटि भएको बुझिएको छ ।
दुई करोड नौ लाखको योजनामा अढाई सय मिटर लामो सडक, नाला (नालाको चौडाइ अढाई फिट) को तीन टुक्रा जोड्दा साढे सात सय मिटर लामो सडक, नाला निर्माण गर्ने योजना छ । उक्त रकम मधेस प्रदेश सरकारबाट आएको बजेटबाट असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । तर एउटा समितिमार्फत गठन गरी काम भइरहेको छ भने अर्को दुईवटा खण्डको काम पनि चाँडै दुईटा समितिमार्फत गराउने जनाइएको छ । एउटा खण्ड अन्तर्गत सडकको दायाँबायाँ अढाई सय मिटर लामो नाला र सडक ढलान गरी रु ६७ लाखको हाराहारीमा बजेट रहेको वीरगंज मनपाका इन्जिनीयर नवीन यादवले बताए ।
सडक तथा नाला निर्माणको क्रममा जनताबाट आएको गुनासो उपभोक्ता समिति र ठेकेदारलले सच्याउने भनेको र गुणस्तरीयको सवालमा कुनै कञ्जुस्याइँ नहुने उनले प्रतिक्रिया दिए । कमिशनको कुरा अफवाह मात्र भएको बताउँदै उनले फ्रिज हुन लागेको रकमबाट काम सम्पन्न गर्न केही प्राविधिक कुरा नमिलेको उनले जवाफ दिए ।
यस विषयमा सुखचैनामा निर्माणाधीन सडक–नाला उपभोक्ता समितिका अध्यक्ष किशोरी मण्डलले योजनामा कुनै किसिमको कमीकमजोरी नभएको र विकास नरुचाउने केही व्यक्तिले विरोध जनाएको चर्चा गर्दै स्टिमेट अनुसार गुणस्तरीय काम गरेर देखाउने आश्वासन दिएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads